समयमै कार्यालय पुगेर कामकाज गर्न पञ्जीकरण विभागको निर्देशन

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले मातहतका कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन् ।

Advertisement 1

उनले एक परिपत्र गर्दै काठमाडौं जिल्ला अन्तर्गतका परिपचपत्रको विवरण संकलन अभियानमा खटिएका दर्ता अपरेटरहरुलाई उक्त निर्देशन दिएका हुन् ।

‘विवरण दर्ता अपरेटरहरु खटिएको कार्यालयमा समयमै (१० बजे) नहुने गुनासो विभिन्न स्थानबाट प्राप्त भएकाले सम्पूर्ण विवरण दर्ता अपरेटरहरुले १० बजेभित्रै विवरण संकलन गर्ने स्थानमा उपस्थित भई स्थानीय तह र वडा कार्यालयको समन्वयमा र अन्य तोकिएको समयमा समेत कार्य गर्न निर्देशित गरिएको छ’ परिपत्रमा उल्लेख छ ।

Advertisement 2

तोकिएको समयमा उपस्थित भई सेवा प्रवाहमा संलग्न भएको नपाइएमा तत्कालै सम्झौताको सर्त उल्लंघन गरेको हुनाले सेवाबाट हटाइनेतर्फ सचेत रहन परिपत्रमा भनिएको छ ।

विभागले विभिन्न जिल्लामा परिचपपत्र बनाउनका लागि विवरण संकलन अभियान चलाएको छ ।

Advertisement 3

विभिन्न स्थानीय तहको समन्वयमा नागरिकको विवरण संकलन अभियान चलाइएको विभागको भनाइ छ ।

 

 

प्रकाशित :२०७९ भाद्र ३१, शुक्रबार १३:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry