“तीन दिनभित्र सबै कर्मचारीको कोरोना बीमा गराउनु, बिरामी बिदाको तलब नकाट्नु”

नेपाल धितोपत्र बोर्डले फ्ना संचालक तथा सबै कर्मचारीको कोरोना बीमा गराउन पुँजीबजारसँग सम्बन्धित संस्थालाई निर्देशन दिएको छ । बोर्डले एक परिपत्रमार्फत बोर्डले कोभिड १९ भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न सबै संचालक तथा कर्मचारीहरुको अनिवार्य रुपमा संस्थाकै खर्चमा तीन दिनभित्रमा कोरोना बिमा गरी सोको जानकारी बोर्डमा पेश गर्न भनेको हो ।

Advertisement 1

उसले सबै धितोपत्र व्यवसायीहरुलाई तीन दिन भित्र सबै कर्मचारीको कोरोना बीमा गराउन निर्देशन दिएको हो । यससँगै उक्त संस्थाले अनिवार्य रुपमा संस्थाकै खर्चमा तीन दिनभित्र कोरोना बीमा गराई उक्त जानकारी बोर्डमा पेश गराउनु पर्ने छ । कोभिड १९ भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षा प्रदान गर्न बोर्डले उक्त निर्देशन दिएको हो ।

त्यस्तै, नेपाल सरकारको मापदण्ड बमोजिम कुनै कर्मचारी क्वारेन्टाइन वा आइसोलेशनमा बस्नु परेमा संस्थालाई जानकारी गराई बिदामा बस्न सक्ने व्यवस्था मिलाउन बोर्डले जनाएको छ ।

Advertisement 2

साथै, कोभिडको लक्षण देखिएका बिरामी कर्मचारी बिदामा बस्नु परेमा निजलाई सो अवधिको तलब नकाट्ने गरी बिदा दिने व्यवस्था मिलाउन बोर्डले उक्त संस्थाहरुलाई निर्देशन दिएको छ ।

प्रकाशित :२०७७ भाद्र १, सोमबार १४:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry