आप्रवासन पत्रकारिता कार्यशाला सम्पन्न

काठमाडौं। आप्रवासनसम्बन्धी तीनदिने पत्रकारिता कार्यशाला सम्पन्न भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन(आईओएम) को सहकार्यमा आयोजित कार्यशाला आज यहाँ सम्पन्न भएको हो।

Advertisement 1

कार्यशालामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव पिताम्बर घिमिरेले आप्रवासन नीति, कार्यान्वयन र चुनौतिबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। उनले नेपालमा वैदेशिक रोजगारले गर्दा आप्रवासन संस्कृति बढेको बताउँदै यसलाई सुरक्षित र मर्यादित बनाउन धेरै चुनौति थपिएको सुनाए।

जनसङ्ख्याविद् प्राडा योगेन्द्रबहादुर गुरुङले नेपालको जनसङ्ख्या गणनाको प्रकिया र यसमा आप्रवासनको अवस्थाबारे जानकारी दिनुभयो। मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदीले नेपालको आप्रवासन नीति, रोजगारको हक, श्रम ऐनको महत्त्वलगायत विषयमा जानकारी गराए। ऐन कानुनको व्यवहारिक जटिलता र जानकारीको अभावले कार्यान्वयन पक्ष प्रभावकारी हुन नसकेको उनको भनाइ थियो।

Advertisement 2

कार्यशालामा ‘आइओएम रिजनल अफिस एसिया एन्ड प्यासिफिक’ थाइल्यान्डका प्रतिनिधि मिको अलाजले एसियाको आप्रवासन प्रवृत्तिबारे भर्चुअल माध्यमबाट जानकारी दिनुभयो। सोही क्षेत्रका प्रतिनिधि डा यु यिप चिङ्ग (एनि)ले एसिया प्रसान्त क्षेत्रको आप्रवासनबारे भिडियोमार्फत जानकारी गराएका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले आप्रवासनसम्बन्धी समाचार लेखन र शैलीमा अपनाउनुपर्ने संवेदनशीलताबारे आफ्नो धारणा राखेकी थिइन्।

Advertisement 3

कार्यक्रममा प्रस्तोता असोक राईले डाटा सुरक्षा र गोपनियता र जनकराज भट्टले मिडियामा आप्रवासनका समाचार उठान गर्दा अपनाउनुपर्ने संवेदनशीलताबारे कार्यपत्र प्रस्तुत गरे।

प्रकाशित :२०८३ बैशाख ६, आईतवार १६:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry