सरकारको केटाकेटीपन :- अघिल्लो दिनको बिदा कटौती निर्णय उल्टियो भोलिपल्टै

के सरकारले गर्ने निर्णय भनेको बच्चाको भाँडाकुटी खेल हो ? होइन भने अघिल्लो दिन एकाथरी निर्णय गर्ने र भोलिपल्टै सो निर्णय उल्टाएर किन अर्काेथरी निर्णय गरिन्छ ? यस्तै निर्णय गरेको छ सुदूरपश्चिम प्रदेश सरकारले । आज मनाउन लागिएको गौरा पर्वको हकमा हो सो प्रदेश सरकारले यस्तो कच्चा निर्णय गरेको ।

Advertisement 1

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत दिपेन्द्र सिंह बिष्टको हस्ताक्षर भएको पत्रमा भनिएको छ,वैशाख १ गतेको राजपत्रमा उल्लेख गरिएको बिदा जेठ १० गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार कटौती गरिएको हुँदा सो विदा नदिइने व्यहोरा ।

तर निर्णयको मसी सुक्न नपाउँदै पुनः सरकारी बिदा यथावत रहेको जानकारी गराएको हो ।सोही मन्त्रालयका प्रवक्ता विष्णु दत्त अवस्थीले जारी गरेको सूचनामा मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाकारी गराएका छन् ।

Advertisement 2

 

प्रकाशित :२०७९ भाद्र १७, शुक्रबार ०७:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry