राजनीतिक भागबन्डाका आधारमा भूमि आयोगमा थपिए ४ सदस्य

राजनीतिक भागबन्डाका आधारमा भूमिसम्बन्धी समस्या समाधान आयोगमा चार सदस्य थपिएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको सिफारिसमा एक/एक जना सदस्यहरू थपिएका हुन्।

Advertisement 1

थपिएका सदस्यहरूमा नेकपा एकीकृत समाजवादीको सिफारिसमा दाताराम खनाल, जनता समाजवादी पार्टीको सिफारिसमा राघव राय यादव, कांग्रेसको सिफारिसमा टेकबहादुर साह र नेकपा माओवादी केन्द्रको सिफारिसमा बासुदेव हुमागाईं छन् ।विज्ञ सदस्यका रूपमा थपिएका सदस्यहरूमा कृषि विज्ञ भनेर थपिएका खनाल अखिल नेपाल किसान संघका सचिव हुन् । कानुन विज्ञको कोटामा सिफारिस यादव कानुनका विद्यार्थी हुन् भने नापी विज्ञका रूपमा सिफारिस भएका साह नापी विभागका पूर्व कर्मचारी हुन् ।

यस्तै, भूमि व्यवस्था विज्ञ भनी सिफारिस भएका हुमागाईं मालपोतका पूर्व कर्मचारी हुन् । आयोगमा अब दुई सदस्यको मात्र कोटा खाली छ ।शपथ खुवाएपछि अध्यक्ष निरौलाले आयोगले करिब पूर्णता पाएको भन्दै अब तीव्र गतिमा काम अघि बढाउने बताए । ‘अहिलेसम्म आन्तरिक तयारी र समीक्षा गरेका छौं ।

Advertisement 2

 

प्रकाशित :२०७८ कार्तिक २३, मंगलवार ०८:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry