कोरोनाबिरुद्धको खोप यसै साता नेपाल ल्याइँदै

भारतले नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन अनुदानमा दिने भएको छ।
Advertisement 1
बुधबार स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर उक्त खोप बिहीबार नेपाल आउन लागेको जानकारी दिए।
नेपालमा कोरोनाबिरुद्धको खोप यसै साता आइपुग्ने भएको छ । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप दिने भएको छ । सो खोप यही साताभित्रमा काठमाडौँ आइपुग्ने भएको छ ।
नेपाल यो खोप आएको सात दिनभित्र खोप लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । पहिलो चरणमा आउने खोप कूल जनसंख्याको तीन प्रतिशत हुनेछ। पहिलो चरणमा ल्याइएको खोप स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्नेलाई खोप दिइने जनाइएको छ । खोप लगाउनका लागि ८ हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ । ८ हजार स्वास्थ्यकर्मीलाई तालिम दिइरहेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ।
Advertisement 2

भारतबाट ल्याइने खोप अग्रपंक्तिमा खटिएकाहरू र स्वास्थ्यकर्मीलाई लगाइने छ।
भारतले आजदेखि छिमेकी मुलुकलाई कोरोना भ्याक्सिन दिन थालेको छ। आज भुटान र माल्दिभ्समा खोप पठाइएको छ। नेपाल र बंगलादेशमा भोलि बिहीबार खोप पठाइनेछ भने म्यानमार र सिसेल्सलाई शुक्रबार खोप दिइनेछ।