अभिनेतालाई नेता बन्ने रन्को छ, नेताचाहिँ अभिनेता बन्ने भाऊँतोमा

कोही अभिनेतालाई नेता बन्ने रन्को छ, भइसकेका कोही नेताचाहिँ अभिनेता बन्ने भाऊँतोमा लागेका छन् । वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई मात्र होइन मधेश प्रदेशको मुख्यमन्त्री लालबाबु राउतमाथिसमेत यस्तो भाऊँतो आइलागेको हो । उनीहरू एउटा चलचित्रमा अभिनय गर्दै छन् । जम्मा मन्त्री नायकको भूमिकामा देखिनेछन् ।

Advertisement 1

केही महिनाको अमेरिका बसाइ सकेर फर्किएका रमित ढुंगानाले वन तथा वातावरण मन्त्रालयमा पुगेर मन्त्रीसँग छायांकनको योजनाबारे छलफल गरेका छन् । सो चलचित्रमा मन्त्री यादवले तीन दिन समय दिने वचन दिएको जनाइएको छ । यद्यपि, यादवले अहिले थपिएको जिम्मेवारीका कारण आफूले चलचित्रमा काम गर्न नसक्ने जवाफ दिएका छन् ।

‘रमित ढुंगाना फिल्मस’को ब्यानरबाट रमितले एसिड पीडित मुस्कान खातुनको विषयमा चलचित्र बनाउन लागेका हुन् । यसको लेखन तथा निर्देशक शिवम् अधिकारीले गर्नेछन् । एक करोड लागतमा यो चलचित्र निर्माणका लागि भन्दै यसअघि नै वीरगञ्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरिसकेको छ ।

Advertisement 2

रमितले मुस्कानले भोग्नुपरेको पीडालाई हामीले चलचित्रको पर्दामा देखाउन खोजेको र चलचित्रबाट एसिड आक्रमण नगर्ने सन्देश दिन सिनेमा निर्माण गर्न तम्सिएको सुनाए । वीरगञ्जकी मुस्कान खातुनमाथि ०७६ भदौ २० गते बिहान रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । सामाजिक कथावस्तुमा सिनेमा बनाउँदै आएका रमितले यसअघि ‘बुद्ध बर्न इन नेपाल’ निर्माण गरिसकेका छन् ।

प्रकाशित :२०७९ भाद्र ४, शनिबार ०९:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry