सन्तानलाई पनि तान्दै सिनेमातिर


दुःख छ पुराना सेलिब्रेटीको । निर्माता, निर्देशकले पत्याउन छाडिहाले । फिल्म पाउन छाडेपछि आफँै लगानी गरेर भए पनि रहर त पूरा गर्नैपर्ने । अहिले पुराना कलाकार धमाधम मुर्गा खोजेर तिनलाई लगानी गर्न लगाउने, फिल्म बनाउने र  सन्तानलाई नायक÷नायिका बनाएर खेलाउने रहर पूरा गर्दै छन् । झरना थापाझैं यही भीडमा थपिएकी छन् करिष्मा मानन्धर । नेपाली सिने क्षेत्रमा एउटा दुर्लभ संयोग छ, आमाले जुन चलचित्रबाट चर्चा कमाइन् त्यसैको सिक्वेल फिल्मबाट छोरीको डेब्यु । ‘ए मेरो हजुर’ बाट झरनाको चर्चा चुलिएको थियो । सोही चलचित्रको सिक्वेलमा सुहानीलाई खेलाइयो  ।

Advertisement 1


झरना निर्देशक, सुनिल निर्माता भएर छोरीका लागि ‘ए मेरो हजुर’ बनाउन भ्याए । आमा निर्देशक, बाबु निर्माता, छोरी हिरोइन । फेरि पारिवारिक क्लबमा अर्काे फिल्म बन्दै छ । एक समयका चर्चित करिष्मा बनबास फिल्म बनाउने तयारी गर्दै छिन् । जसको निर्देशन उनैले गर्नेछिन् । यसअघि फागूले पानीसमेत भन्न पाएन । बनबास  फिल्म पिता र छोरीको कथा वरपर घुम्नेछ ।

नायकका रूपमा पुराना अभिनेता सरोज खनाल अनुबन्धित भइसकेका छन् । यसरी बाउ निर्माता, आमा निर्देशक बनेर चलचित्र निर्माण गर्ने र  सन्तानलाई नायक वा नायिकामा खेलाउने रोग नेपाली चलचित्रमा बढ्न थालेको छ । पछिल्लो समय भुवन केसीले छोरा अनमोललाई लिएर पारस द अनलक्की म्यान निर्माण गर्दै छन् । यस्तै, टीका पहारीले छोरा गौरवका लागि सिनेमा बनाए । यस्तै, छोरा सलोन बस्नेतका लागि सोभितले चलचित्र निर्माण गर्न भ्याए ।

Advertisement 2

नारायण पुरी निर्देशक रहेको आगोमा छोरा संयमलाई हिरो बनाए ।  यस्तो एउटा प्रेम कहानीमा शिव श्रेष्ठले शक्तिलाई नायक बनाउन भ्याए । अहिले नेपाली सिने क्षेत्रमा मौलाएको र थपिएको एउटा विकृति हो ‘नेपोटिज्म’ ।

प्रकाशित :२०७७ माघ २४, शनिबार ०९:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry