रसुवामा जसपा कांग्रेस र माओवादीका ५२ जना नेता तथा कार्यकर्ता एमाले प्रवेश

रसुवामा माओवादी तथा जनता समाजवादीका नेताहरू पत्तासाफ हुने क्रममा छ्न ।कोही नयाँ शक्ति हुँदै कांग्रेसमा पुगे भने अधिकांश नेकपा एमाले प्रवेश गरेका छन् । एकदुइ नेता बाहेक अब रसुवामा माओवादी र समाजवादीका कार्यकर्तामात्र देखिएका छन् । रसुवामा विभिन्न पार्टीमा क्रियाशील जिल्लास्तरीय नेताकार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा विभिन्न पार्टीमा क्रियाशील ५२ जना नवप्रवेशीलाई टीका र खादा लगाई स्वागत गरे ।

Advertisement 1


पार्टी प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टीका रसुवा जिल्ला कमिटीका सदस्यहरू फुर्पा गुरुङ , वसन्त लामा, रोहित घले, कालु घले नाम्ग्याल लोप्चन, छेवाङ लोप्चन, खेज्यङ लामा, सञ्चित लामा, मान वहादुर तामाङ, नेवाङजु लोप्चन, प्रदिप लोप्चन , मेम्बा घले, कैसाङ लोप्चन, यो सोनाम लोप्चन, सुकु राम लोप्चन, छिरीङ पेम्बा लोप्चन, सुव्वा घले, सेनाम लोप्चन, कान्छा घले, कार ग्याल्वो घले यो तामाङ लामा, पेमा घले, जित बहादुर घले, आइतराम लोप्चन, अशोक लोप्चन, दावा फिन्जो थोक्रा, कामी शेर्पा थिङ, सुजन सेन्चुरी, निर्मला सेन्चुरी, अर्जुन सेन्चुरी काजी विक सहित ३५ जना छन् भने नेपाली काँग्रेसका क्रियाशील सदस्य जितबहादुर नेकोर, कर्मा छेदेन लोप्चन, हरिप्रसाद लामिछाने, अर्जुन नगरकोटी, सुवास बगाले र सुब्बा घले छन् । त्यसैगरी राप्रपाका निमा लामा, माओवादी केन्द्रका सन्जोग तामाङ र सूर्य घले पनि एमालेमा प्रवेश गरेका छन् ।

Advertisement 2

सो अवसरमा बरिष्ठ नेता पोखरेलले नवप्रवेशीहरूलाई सम्बोधन गर्दै जिल्लामा नवप्रवेशी साथीहरूलाई तत्कालै उचित जिम्मेवारी दिन जिल्ला नेतृत्वलाई निर्देशन दिए ।


उनले आगामी निर्वाचनमा एमालेलाई बहुमत हासिल हुने गरी विजयी गराउन सिङ्गो पार्टीपङ्ती परिचालित भइरहेको र त्यसका लागि रसुवामा पनि पार्टीले निर्वाचन जित्नुपर्ने हुँदा नवप्रवेशी साथीहरू पनि निर्वाचन जित्ने गरी लाग्न आग्रह गरे ।
पार्टी प्रवेश कार्यक्रम नेकपा (एमाले) रसुवा जिल्ला कमिटीका सचिव जनार्जन ढकालको संयोजनमा भएको थियो ।

Advertisement 3

पार्टी प्रवेश गर्दै वसन्त लामाले बैकल्पिक शक्ति निर्माणका माहानायक पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई पुरानो शक्ति मा फर्कने तयारी भए पछि हामी कता जाने भन्ने  दुबिधामा अन्तमा एमालेमा प्रवेश गरेको उनले बताए ।

 

 

प्रकाशित :२०७९ भाद्र ३, शुक्रबार १६:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry