कोरोना संक्रमण बढ्न थाल्यो, सचेत बनौंः स्वास्थ्य मन्त्रालय
पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको र नेपालमा पनि फैलिन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।
Advertisement 1
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकाले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका हुन् । उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरूलाई कोरोना संक्रमणको दर बढिरहेकाले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकेको बताए ।
सोमबार उनले भने, ‘विश्वव्यापी रुपमा संक्रमण घटेको भएपनि हामी बसेको क्षेत्रमा संक्रमण धेरै बढ्दै गइरहेको छ । त्यसमाथि पनि विशेष त भारतमा बढिरहेको छ । हाम्रोमा एकदमै चाँडै त्यही अवस्था आउँछ । हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौं’ उनले भने ।
Advertisement 2
पहिलो लहरम भारतमा संक्रमण उच्च बिन्दुमा पुगेको एक महिनाभित्र नेपालमा पनि संक्रमण बढेको र दोस्रो लहरमा दुई हप्तामै नेपालमा फैलिएको उनले बताए । ‘चुनाव लगायतका कारणले विदेशमा भएका आफन्तहरु फर्किंदै हुनुहुन्छ । यस्तो बेलामा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न लगाउने र क्वारेन्टिनमा बस्न लगाउने कुरामा बढी ख्याल गर्नुपर्छ’ उनले भने ।