अग्नि सापकोटाको मुद्धा हेर्न नमिल्ने,बामदेवको मुद्धा हेर्न नभ्याइने

सभामुख अग्नि सापकोटाविरूद्धको मुद्धा सर्वोच्च अदालतको संवैधानिक इजलासको पेशीमा चढेर हेर्न नभ्याइएका कारण पेशी फेरि सरेको छ । सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरासहित वरिष्ठ न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैद्यानिक इजलासको पहिलो नम्बरमै पेशीका लागि तोकिएको थियो ।
Advertisement 1
सर्वाेच्च प्रशासन स्रोतका अनुसार संवैद्यानिक इजलाशमा रहेका न्यायधीश हरिकृष्ण कार्कीका कारण सो मुद्धा हाज हेर्न नमिल्नेमा परेको हो । न्यायधीश हुनु अघि नै कार्कीले विपक्षीको तर्फबाट बहस गरेका कारण आज हेर्न नमिल्नेमा परी पेशी धकेलिएको हो । उता राष्ट्रियसभामा मनोनित सांसद वामदेव गौतमको मुद्धा हेर्न नभ्याइएको कारण पेशी सरेको हो । सर्वोच्च अदालतमा राष्ट्रिय सभामा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिट उपर संवैद्यानिक इजलाशमा पेशी चढेर हेर्न नभ्याइनेमा राखिएको छ ।
Advertisement 2
०७४ सालको प्रतिनिधि सभाको बैठकका बर्दियाबाट पराजय बेहोरेका गौतमलाई २०७७ असोज १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् । त्यसको साता दिन पछि नै अधिवक्ताद्धय दिनेश त्रिपाठी र बद्रीराज भट्टले रिट दायर गरेका रिट आज संवैद्यानिक इजलाशको ५ नम्बरको फाँटमा पेशी चढेर हेर्न नमिलेको कारण सुनुवाई धकेलिएको हो ।