भोला फर्किएपछि भाँडभैलो

अन्तत भोला पोखरेल पूरानै घर फर्किएका छन् अर्थात केपी ओलीको शरणमा पुगेका छन् । उनी पूरानै घर फर्किए पनि त्यहाँ खासै स्पेश र सम्मान पाउने स्थिती छैन । जति एकीकृत समाजवादीमा हुँदा माधव नेपाल र प्रचण्डका विश्वासपात्र थिए । त्यहाँ उनलाई विश्वास गर्न कुनै नेता छैनन । एकीकृत सरकारी कर्मचारी संगठनमा हुँदा कोटेश्वरस्थित आफ्नै बंगलामा उनले धेरै पटक प्रचण्ड र माधव नेपाललाई सँगै राखेर वार्ता गराएका भोलालाइ अहिले कर्मचारीहरु छेपारे र ढुलमुले चरित्रका भन्न थालेका छन् ।
अहिले एमालेमा केपी शर्मा ओलीले पुण्य ढकालहरुलाई बाल नदिएको अबस्था छ । कुनै समय केपी शर्मा ओलीका खास मानिएका उनका लागि बालकोटको ढोका बन्द भएको स्थितीमा बर्ष दिनसम्म माधव नेपाल र प्रचण्डका पछि लागेर केपीतिर फर्किएका भोलालाई केपी शर्मा ओलीले कुनै स्पेश दिने स्थिती नदेखिने एमाले निकट कर्मचारी संगठनका नेताहरु बताउँदै छन् ।
भोला पूरानै घर फर्किएपछि मोहन घिमिरेले सामाजिक सांकेतिक रुपमा सामाजिक सञ्जालबाट लेखे ‘कुचोले बर्ढानु पर्ने कसिंगर हावाले उडायो ।’ मोहनको उक्त अभिव्यक्तिप्रति विभिन्न कर्मचारीले अनेकन टीकाटिप्पणी गरे पनि पूर्व सचिव शारदाप्रसाद त्रितालले भने भोला पोखरेलको सम्पत्ति छानबिन गर्न चुनौति दिएका छन् । उनको अलिसान बंगला,महंगो जीवनशैलीलाई देखेरै पूर्व सचिवले यसरी टिप्पणी ठोकेको हुनुपर्दछ ।
स्रोतका अनुसार भोला पोखरेलले एकीकृत समाजवादी त्याग्नुअघि माधव नेपालसँग टिकट माग गरेका थिए । माधवले झापामा ओलीसँग लड्न जा भन्नुभयो ।

Advertisement 1

खोटाङका मूलवासी भोलाको पछिल्लो पारिवारिक बसाइ झापामै छ । तर, उनले माधव स्वयंले अघिल्ला चुनावमा भाग लिएको काठमाडौं– २ बाट उठ्ने इच्छा दर्शाए । फेरि माधवले भन्नुभयो, किन २ बाट १ मा उठ्नुस्, प्रकाशमानसँग । त्यसपछि उनले पार्टीको पोलिट्व्युरो सदस्य मागे । माधवले जागिरबाट राजीनामा नगरी कर्मचारीलाई पोलिट्व्युरोमा राख्दा समस्या हुने बताउनुभयो । भनिन्छ, यसपछि भोला मध्यराति ओलीसँग भेट्न गए । यो कुरा माधवले सुइँको पाउनुभयो र भोलालाई भेट्न बिहानै तीनकुने, सुविधानगरस्थित उनको घर पुग्नुभयो । तर, अध्यक्ष आएको सुइँको पाउनासाथ घरकै अर्कोतिरबाट निस्किए । त्यसअघि एकीकृत समाजवादीका विशेष प्रदेश अध्यक्ष केदारप्रसाद सञ्जेललाई बिदा मागेको भनी फोन गरे । सञ्जेलले सम्मानित नेता झलनाथ खनाललाई सुनाए । झलनाथले ‘त्यसो नगर्नुस्’ भनेर आग्रह गर्नुभयो ।

उता, एमालेमा फर्किएपछि फेरि पुण्य ढकालसँग लडाइँ शुरु भएको छ । ढकाल उपसचिवमा बढुवा भएपछि भोला आधिकारिक ट्रेड युनियनको कावा अध्यक्ष भए । पार्टी फुटेपछि एमालेका केदार देवकोटाहरूको बहुमतले उनलाई निकाल्यो । एकीकृत समाजवादीमा पेशागत जिल्ला कमिटीको अध्यक्ष, प्रदेश कमिटीको उपाध्यक्ष र केन्द्रीय लेखा आयोगको सदस्य थिए ।

Advertisement 2

अहिले भोला प्रेमकुमारको ठाउँमा, अर्थात् पेशागत प्रदेशको इञ्चार्ज हुन्छु भनेर एमाले फर्किएका हुन् । तर, त्यो पद मिल्ने छाँट छैन । आफू एमालेमा फर्किएपछि हरिकुमार श्रेष्ठ, दिपक सुवेदी, नरिश्वर भण्डारी, प्रमोद शर्मासहित कर्मचारी र बुद्धिजीवीको ठूलो समूह ल्याउने दाबी थियो । त्यो पनि गफमै सीमित भयो ।

 

प्रकाशित :२०७९ भाद्र ३, शुक्रबार १०:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry