जीवनलाई यसरी स्वस्थ, सुन्दर र सफल बनाउनुहोस्
वर्तमानमा मेरो हातमा स्वेट मार्डनद्वारा लिखित ‘वैज्ञानिक सफलता’ भन्ने अन्त्यन्तै महत्वपूर्ण पुस्तक रहेको छ । विनिता प्रसाईद्वारा नेपालीमा अनुवादित यस पुस्तक डिकुरा पब्लिकेसनद्वारा प्रकाशित भएर बजारमा आएको हो । भाग्यको लेखोट बदल्न सिकाउने पुस्तक भनेर उद्घोषित यस पुस्तक अत्यन्तै ज्ञानवर्धक र प्रेरणादायी छ । मैले यस पुस्तक ‘वैज्ञानिक सफलता’का महत्वपूर्ण सन्देशहरुलाई संक्षिप्त रुपमा यहाँ प्रस्तुत गर्ने जमर्काे गरेको छु ।
Advertisement 1
– क्रोधले मुढता उत्पन्न हुन्छ, मुढताबाट स्मृति भ्रान्ति हुन्छ , स्मृति भ्रान्त हुनाले बुद्धिको नाश हुन्छ र बुद्धि नष्ट हुनाले प्राणी आफैं नष्ट हुन्छ : भागवतगीता । कुनै तपस्वी भएर अति क्रोधी भयो भने समाजमा उसको सम्मान हुने छैन : चाणक्य । सज्जनको क्रोध पानीमा तानिएको रेखा समान छ, जुन छिटै विलुप्त हुन्छ : रामकृष्ण परमहंस । क्रोध बुद्धिमानीको घरबाट बाहिर निस्केर ढोकाको चुकुल लगाई दिन्छ :प्लुटार्क । मानिसले क्रोध राख्नु हुँदैन र जहिले पनि क्षमा दिन तयार हुनुपर्छ, कसैले आफ्नो भाइबन्धुलाई घृणा गर्छ भने ऊ हत्यारा समान हुन्छ : जिसस क्राइष्ट । मानिसको आचरण कसैंको घृणा वा क्रोधबाट बच्ने उपाय हो : कन्फ्युसियस । क्रोधबाट सम्मोहनको जन्म हुन्छ, सम्मोहनबाट बच्न खोज्नेले क्रोधी हुनबाट बच्नु पर्छ : उपनिषद् । बलियो मानिस भनेको राम्रो पहलमान होइन, बलियो मानिस भनेको त्यो हो जसले आफ्नो क्रोधमाथि नियन्त्रण गर्छ : मोहम्मद । क्रोध बुद्धिमान तथा धर्मपरायणको लागि होइन, यिनीहरु त उत्पीडन सहन्छन् तर क्रोध गर्दैनन्, अज्ञानी पापीले मात्र क्रोध गर्छ :- महावीर । क्रोधको होइन, प्रेमको सराहना गरिन्छ । क्रोध संघर्ष र विनाशको कारण हो । मानिसले क्रोधको जवाफ प्रेम र दयाले दिनुपर्छ : यहुदी धर्म । क्रोध शमसानमा आफुलाई जलाउने आगो हो गुरु नानक ।
– विद्धानको मत छ – जुन मानिस स्वयम्लाई वशमा गर्न सक्छ, उसले विश्वलाई जित्ने छ । वास्तवमा शिक्षित त्यही मानिस हो, जसले आफैंलाई वशमा गर्न सक्छ । जसले स्वयम्लाई वशमा गर्छ, त्यही महान् बन्छ । जीवनमा आत्मसंयम आवश्यक छ । जुन मानिसमा आत्मसंयमको कमी हुन्छ, जसलाई सानो कुरामा रिस उठ्छ, उसले कहिल्यै आफ्नो उच्च महत्वाकांक्षा पूरा गर्न सक्दैन । आफंैलाई वशमा गर्न नसक्नाको कारण धेरै प्रतिभाशाली मानिस पनि पछाडि पर्छन् । उनीहरु अगाडि बढ्न चाहेर पनि अगाडि बढ्न सक्दैनन् । उनीहरुको भाविष्यलाई सबैले राम्रो भन्थे तर पनि उनीहरु पछाडि परे । हरेक दिन यस्ता घटना घटि रहन्छन् । कसैले कसैको हत्या गरिदिन्छ, चोरी गर्छ, घाइते बनाउँछ । यस्ता घटना अधिकांश आवेशमा हुने गर्छ । जब मानिसले आफ्नो सन्तुलन गुमाउँछ, क्रोधमा आएर मानिसले गल्ती गर्छ ।
– साधु–सज्जनका प्रति कसैले क्रोध गर्नु हुँदैन किनभने यी मानिसहरु अरुप्रति क्रोध गर्दैनन् । क्रोधको प्रत्युत्तर सदाचारले दिनुपर्छ । आफूसँग क्रोध गर्नेहरुप्रति सद्व्यवहार गर्नुपर्छ : ताओधर्म । क्रोध, ईष्र्या, भय र शोक जस्ता घातक मनोभावबाट कहिल्यै ग्रसित हुनु हुँदैन, जहिले पनि आशावादी हुनुपर्छ : पारसी धर्म । जुन मानिस क्रोधी माथि क्रोध गर्दैन, क्षमा गर्छ, उसले आफू र क्रोध गर्ने व्यक्ति दुबैलाई महासंकटबाट रक्षा गर्छ : वेदव्यास । जुन मानिस आफ्नो क्रोधलाई आफूमाथि उठाउँछ, त्यही अरुको क्रोधबाट बच्न सक्छ र आफ्नो जीवनलाई सुखी बनाउन सक्छ : सुकरात । जसले क्रोधमाथि उचित नियन्त्रण राख्न सक्छ, उही नै स्वर्गको साँचो अधिकारी हो ःकुरान । जसले क्रोधमा विलम्ब गर्छ, ऊ महान विवेक सम्पन्न हो तर जसमा उत्ताउलोपना छ, उ मूर्खताको उपासक हो : बाइबल । क्रोधको सर्वाेत्तम औषधि विलम्ब हो : सेनेका । क्रुद्ध मानिसको मुख त खुल्ला हुन्छ तर आँखा बन्द रहेको हुन्छ : क्योटो । भाग्य शब्द त कर्मण्यताको प्रतीक हो । त्यसैले मनोवैज्ञानिक, बुद्धिमानले यसलाई समयको सदुपयोग भन्छन्– मौकाको फाइदा उठाउनु । यसको बलमा मानिसले पर्याप्त सफलता प्राप्त गर्न सक्छ : स्वेट मार्डन ।
Advertisement 2
– मानिससँग बुद्धि हुन्छ । बुद्धिको कारण मानिस अरु प्राणी भन्दा अलग हुन्छ । जनावर जब क्रुद्ध हुन्छ, तब ऊ केही नसोची झगडा गर्न थाल्छ । कहिलेकाहीँ उसको यो आपसी झगडा एक मृत्युमा गएर रोकिन्छ । हामी मानिसमा पनि यही कुरा देख्छौं– रिसमा वशीभूत भएर मानिसहरु हत्या समेत गर्छन् । सोच्नुस यस्तो मानव र बुद्धिहीन पशुमा के अन्तर छ ? बुद्धिमान त तब हुने थियो, जब हामीले आफ्नो क्रोध र आवेशमा काबु पाउने छौं । क्रोधले बुद्धिमा पर्दा लगाइदिन्छ । यो संसारमा ठूला–ठूला लडाइँ, जुन हजारौं मानिसको विनाश र संहारको कारण बन्यो । त्यसको पछाडि कतै न कतै क्रोधको हात रहेको छ । क्रोधले सदा नोक्सान नै गर्छ । क्रोधलाई शत्रु मानेर त्योदेखि बच्नु नै बुद्धिमानी हो ।
– हाँसोले मनको गाँठोलाई सजिलै खोलिदिन्छ , मेरो मनको मात्र हैन तिम्रो मनको पनि : माहात्मा गान्धी । जब म आफैंप्रति हाँस्छु तब मेरो मनको बोझ हल्का हुन्छ : टैगोर । मानिसले आफ्ना समयको केही भाग अवश्य हाँस्नमा बिताउनु पर्छ : जोन्सन । हामीलाई हाँसो तब उठ्छ जब हामी कुनै बस्तु र त्यसको मनोभावमा एकाएक कुनै असम्बद्धता या असंगति देख्छौं : शोपेन हावर । हाँसोको सुन्दर पृष्ठभूमिमा यौवनको सुमत फुल्छ, यौवनलाई तरोताजा राख्नको लागि खुब हाँस्नुस् : जर्ज बर्नार्ड शा । मानव नै केवल एक यस्तो प्राणी हो, जसमा हाँस्ने शक्ति छ : ग्रेवाइल ।
– अनुहारमा मुस्काराहट ल्याउनुस् । हँसिलो अनुहार बनाउनुस् । हाम्रो हृदयको हर भावनाले या त शरीरलाई स्वस्थ सुन्दर बनाउँछ या रोगी र कुरुप । मुस्कुराहटबाटै अनुहार सुन्दर बन्छ । जब तपार्इं दीर्घकालसम्म जिउनचाहनु हुन्छ र हाँसी हाँसी जिउन चाहनु हुन्छ, तब किन हाँस्नु हुन्न ? किन तपाईको अनुहारमा हाँसो छैन ? किन तपाईं हर समय उदास, बेचैन, चिन्तित र सशंसको स्थितिमा रहनु हुन्छ ? चिन्ता तपाईं छोड्न सक्नु हुन्छ, संशयात्मक प्रवृति पनि बदल्न जान्नु हुन्छ । आत्माविश्वासी पनि तपाईं हुनुहुन्छ । तपाईको पोल्टामा सफलता पनि आइरहेको छ तर पनि तपाईं किन पत्थरको मूर्ति झैं चुपचाप बसिरहनु हुन्छ । किन आठौं प्रहर तपाईको अनुहारमा हाँसो हँुदैन ?
– यदि तपाई चिन्तित हुनुभयो भने तपाईको अनुहार हाँसिरहन सक्दैन भने तपाई अस्वस्थ हुनुहुन्छ । तपाईको हाँसोको अनुहार छ भने तपाई अस्वस्थ भएर पनि स्वस्थ हुन सक्नु हुन्छ । संसार जस्तो छ, त्यसलाई त्यस्तै स्वीकार गरेर हाँसी हाँसी जिउनु नै वास्तविक जिन्दगी हो । भारी बोझ नलादनुस् । त्यति नै आशा गर्नुस् जति कोसिस गर्ने सामथ्र्य मानिसमा हुन्छ । आफ्नो शारीरिक क्षमता र मानसिक शक्तिले भ्याएसम्म प्रयास गर्दै रहनुस्, आशावान रहनुस् । तर यस्तो आशा नगर्नुस्, जुन केवल सपना हो । सपनाको संसार बनाउनु हुन्छ भने त्यसलाई पूरा गर्नको लागि इच्छा शक्ति, लगन र परिश्रम पनि हुनु पर्छ । संसार आजभन्दा धेरै सुन्दर हुने थियो, यदि हाम्रा शिक्षकले प्रसन्न रहने कर्तव्यको पालन गरेका भए । यदि अभिभावकको अनुहार हाँसिरहन्छ, मुस्कुराइरहन्छ भने सन्तान पनि प्रशन्न रहन्छन् ।
– सन्तानलाई मुस्काराहट पनि दिनुस् । तपाई आफंै सहनशील बन्नुस् र बच्चालाई पनि सहनशील बनाउनुस् । सहनशील मानिस हरस्थितिमा हाँस्छन् । तपाईंको अनुहार हाँस्दै मुस्कुराउँदै रहन्छ, तब जुन मानिसले तपाईंलाई देख्छन्, तपाईसँग भेट गर्छन् । उनीहरु पनि प्रशन्न हुनेछन् र मुस्कान छर्नेछन् । हाँसो मुस्कान या प्रशन्नता भित्रैबाट आउँछ तर हाँसिरहेको अनुहारबाट प्रेरणा त मिल्छ नै । अँध्यारो अनुहार जहाँ रहन्छ, त्यहाँको वातावरण पनि अँध्यारो हुन्छ । यसैले जब आन्तरिक प्रशन्नता हुन्छ, जब हृदयबाट आनन्द प्रकट हुन्छ, तब त्यसलाई अनुहारमा पनि प्रकट गर्नुस् । खुब हाँस्नुस् र अनुहारलाई हँसिलो सधंै बनाइराख्नुस् । जस्तोसुकै विकट परिस्थिति होस्, अनुहारको मधुर मुस्कान कहिल्यै लुप्त हुन नपाओस् । हाँसी हाँसी जीउने मानिसको यो एक गुण हो, रहस्य हो । यो रहस्यलाई तपार्इं पनि बुझ्नुस् । यदि प्रशन्न रहने बानी छैन भने यो जीवनको सबैभन्दा ठुलो भूल हो, दोषपूर्ण बानी हो ।
– हाँसी हाँसी बाँच्ने यो पनि एक अत्यन्त सरल बाटो हो । हाँसो हाँसी जिउन चाहनु हुन्छ भने आजैदेखि यो बाटोमा अगाडि बढ्नुस् । जतिसुकै दुःख आओस्, जति नै समस्या आओस्, प्रभु भक्तिमा लिन हुनुस् र आफ्ना दुःखी आँसु पुछनुस् । प्रभुले तपाईंलाई रुनको लागि पठाएका हैनन्, हाँस्नको लागि पठाएका हुन् । यो सृष्टिमा सौन्दर्य फैलाउनको लागि पठाएका हुन् । हाँस्नु, मुस्काराउनु जीवनको एक महत्वपूर्ण टनिक हो । हाँस्नु र मुस्कुराउनुलाई नै जिन्दगीको नाम दिइएको छ ।
Advertisement 3
– संगत अनुरुप नै व्यक्ति या बस्तुमा परिवर्तन आउँछ : भर्तृहरि । यदि मानिस सम्मान चाहन्छ भने सम्माननीय मानिसको संगत गरोस : लाब्रुयर । मलाई बताउनुस् तपाईंको साथी संगी को हुन्, म भन्दिनेछु तपाई को हो ? : गेटे । यदि तिमी बुद्धिमान, होशियार छौ भने धोकेबाजको संगत नगर: शेखसादी । तुच्छ विचार भएका मानिसको संगतिले मानिसको बुद्धि तुच्छ हुन्छ । समान श्रेणीको मानिसको संगतिमा ऊ जस्ताको त्यस्तै बनिरहन्छ र उच्च विचार भएकाको संगतिले उसले उत्कर्ष पाउँछ : महाभारत । जसले जस्तो संगत गर्छ, त्यस्तै फल पाउँछ : महात्मा गान्धी ।
– हाँसो हार्दिक होस्, मनैदेखि निस्केको होस्, तब त्यसले संगीतको जस्तो प्रभाव पार्छ । यस्तो हाँसो उचित स्थानमा फुटेको बमझैं हुन्छ, जसले सारा दुःख ध्वस्त बनाउँछ । जो मानिस काम गर्दा गाउने गुनगुनाउने गर्छ, ऊ चुपचाप बस्ने मानिसले भन्दा धेरै काम गर्न सक्छ । ऊ धैर्यवान र फुर्तिलो हुन्छ । उ धेरै बेरसम्म प्रयत्नशील रहन्छ । उसले काम पनि अरुले भन्दा राम्रो गर्नेछ । काम गर्दा जो संगीतमय हुन्छ, ऊ छिटो थाक्दैन । प्रसन्न हृदय भएमा शक्ति प्राप्त हुन्छ, त्यो शक्तिले ठूला–ठूला कार्य गर्छन् । उत्तम कार्यकर्ता या कर्मचारी त्यही हो जो प्रसन्नचित्त, हँसिलो मुस्काइरहने, आकर्षक र आशावादी हुन्छ । कति राम्रो देखिन्छ जब घरकी स्वास्नी र छोरी गीत गाउँदै काम गरिरहेका हुन्छन् । प्रशन्नतापूर्वक, गाउँदै, गुनगुनाउँदै पकाइएको खाना पनि स्वादिष्ट बन्ने छ । गाउँदै, गुनगुनाउँदै गरिएको सफाइ सुन्दर नै हुनेछ किनकि मन लगाएर गरिएको हुन्छ ।
– संगीत यस्तो हुनुपर्छ कि मनमा असर परोस् । जुन गायनले मनमा भक्ति, वैराग्य ,पे्रम र आनन्दको तरंग उठ्दैन त्यो संगीत हैन ः प्रेमचन्द । संगीत मानवको विश्वव्यापी भाषा हो ः लंगफैलो । गीत नै हो दिव्य साँचो स्वर्ग जाने द्वारको ः सिद्धिचरण श्रेष्ठ । संगीत आत्माको वस्तु हो ः होल्याण्ड । संगीतले एउटा खराब वस्तुलाई पनि असल रुपमा ढाल्न सक्छ र असललाई हानिकारक पनि बनाउन सक्छ ः विलियम शेक्सपियर ।
– ईश्वरमा दृढ विश्वास र सरल स्वभाव तथा जिवनमा पाउने आनन्दमा विश्वास गरेर प्रशन्न रहनुस्, तपाईंको उमेर लामो हुनेछ । जीवनको टुटेको मेसिनले पनि बल पाइरहने छ । यस्तो मानिस सर्वप्रिय हुन्छ, जसले घृणामा प्रेमको विजय हुने विश्वास राख्छ, जसले दोषमा पवित्रता र सत्यको विजय देख्छ ।
– जस्तोसुकै समस्यामा घेरिएको भएपनि जति नै कष्ट तपाईंका अगाडि आएपनि चिन्ता नगर्नुस् । यी सारा कष्ट यत्तिकै हटेर जानेछन्, जसरी घामपछि सुनौलो प्रभात आउँछ । त्यसैले तपाईं जे काम गर्नुहुन्छ या गरिरहनु भएको छ, त्यो काम गर्दै जानुस्, हाँस्दै मुस्कुराँउदै गाँउदै वातावरणमा संगीतको स्वर लहर छर्दै गुन्जाउँदै जानुस् । पंक्षीको कलेख र चरचहाटमा आफ्नो स्वर मिलाउनुस् । घोडा र साँढेको गलामा बाँधिएको घण्टीको मधुर आवाजसँगै तान मिलाउनुस् । अफिसको पङ्खा, कुलर या मेसिनको ध्वनिमा संगीत खोज्नुस् । कारखानाको मेसिनको गडगडाहट, टे«ेनको खड्खडाहट र कार, बसको हर्न ध्वनिमा संगीत खोज्न सकिन्छ । अहिल्यै यसै समय जुन काममा लाग्नु भएको छ, त्यो काम गाउँदै गुनगुनाउँदै पूरा गर्नुस् ।
– जसले संगीत सुन्छ, उसले एकान्तको अनुभव गर्छ ः रर्वट ब्राउनिड्ड । जसले गाउँछ ऊ परमात्माको नजिक पुग्छ र उसले परमात्मालाई चिन्दछ : बालकृष्ण सम । संगीत आत्माको बस्तु हो । आत्माको गुलाबपाते कोठाभित्र अन्तर सागर लहरको कलकल निनाद हो, एक अगम अदभूत पंक्षीले गाउने त्यो पल्लो किनारको पंक्षीको गीत हो : जे.जे. होल्याण्ड । संगीतमय दृष्टिले गहिरो गरी प्रकृतिको हृदयलाई हेर, तिमी सर्वत्र पाउने छौ केवल तिमीमा उसलाई सुन्ने शक्ति हुनु पर्छ ः कार्लाइल ।
– तपाईं आफूलाई संगीतमय बनाउनुस् । फेरि हेर्नुस् तपाईं कति स्फूर्त भएर काम गर्नु हुन्छ । थकाइ पनि छेउमा पर्ने छैन । तपाईको औंला टाइप मेसिनमा, तपाईको लेखाइ कागजमा या तपाईंको हात मेसिनमा यसरी चल्नुपर्छ, जसरी संगीतको धुनमा तपाईंले नृत्यु गरिरहनु भएको होस् । ईश्वरले तपाईलाई संगीतमय बनाएका छन् । उनको समस्त सृष्टिमा संगीत छ । ध्यान लगाएर सुन्नुस् । तपाई पनि सुन्न सक्नु हुन्छ । तपाई पनि अनुभव गर्न सक्नुहुन्छ । तपाई पनि संगीतमय हुन सक्नु हुन्छ । संगीत रुख–बिरुवालाई पनि मन पर्छ । दूध दिने पशुलाई पनि मन पर्छ । संगीतको माध्यमले प्रशन्नताको लहर वातावरणमा घुल्छ ।
– केही विशेष प्रकारको विचार त कतिसम्म घातक छ भने त्यसको मानव शरीरमा धेरै नराम्रो प्रभाव पार्छ । तर, हामी यो कुरामा कतिसम्म बानी परिसकेका हुन्छांै भने यो विचार हाम्रो लागि घातक छ भन्ने थाहा पाएर पनि यसलाई आफ्नो मनमा स्थान दिन्छौं । यहाँसम्म देखिएको छ, कुनै मानिसको मनलाई यो विचारले धेरै ठूलो धक्का लाग्छ, उसको हृदय गति रोकिएर मृत्युसम्म हुन्छ । यसको के अर्थ भयो ? यसको सीधा अर्थ यही हो, अकस्मात कुनै दुःखपूर्ण विचारले हाम्रो मनमा भयङ्कर युद्ध ग¥यो, जसबाट हाम्रो शारीरिक यन्त्र चल्न बन्द भयो । यही हाम्रो मृत्युको कारण बन्यो ।
– मृत्यु मानिसको जीवनको अन्त हो तर यी दु ःखदायक घटनाको अरुप्रति प्रभाव पनि पर्छ । यो चिन्ताको कारण हाम्रो रगत सुक्न थाल्छ । जसले हाम्रो शरीरलाई भित्रभित्रै खोक्रो पार्छ, हामी अनेकौं रोगको शिकार बन्छांैं । यही रोगले एकदिन हामीलाई मृत्युको मुखमा लिएर जान्छ । यो कुरा पूर्ण रुपमा स्पष्ट छ, यस्तो शत्रु विचार आफ्नो मनमा ल्याउनु नै गलत हो । यसले मानव शरीरलाई भित्रभित्रै खान्छ । पहिला रोगी विचारलाई बाहिर निकालेर फ्याँक्नुस् । जब तपाईंको मनमा यस्ता विचारले आक्रमण गर्छन्, तब त्यसैबेला त्यसलाई भगाइदिनुस्, हैन भने त्यो मनभित्र छिरेर तपार्इंको लागि ठूलो भय बन्न सक्छ । डाक्टरको भनाइ छ –डर र भयको विचार केही घण्टामा मानवको रौंलाई सेतो बनाइदिन्छ । यसको कारण बताइएको छ – भावनामा अत्यन्त गरिमा आउने या मस्तिष्कमा बोझ पर्नाले शरीरमा यस प्रकारको रासायनिक मिश्रण बन्न थाल्छ, जसलाई सल्फर भनिन्छ । जसको कारण कपालको रङ्ग बदलिन थाल्छ । जुन काम बुढेसकालमा हुनुपर्ने थियो त्यो दुःख र चिन्ताको बोझको कारण जवानीमा नै हुन्छ । एक ठिकठाक नवयुवक बूढो देखिन थाल्छ ।