पूर्व सचिव पाण्डेको निधन

नेपाल सरकारका पूर्व सचिव दुर्गाप्रसाद पाण्डेको निधन भएको छ । पाण्डेको बिहिबार बिहान निधन भएको हो । उनी वाणिज्य मन्त्रालयको सचिवको रुपमा ०४७ सालमा अवकाश पाएका हुन ।   आपूर्ति मन्त्रालयको सचिव हुँदै वाणिज्य मन्त्रालयको सचिवबाट अवकास पाएका थिए ।

Advertisement 1

अमेरिकाको जर्ज टाउन विश्वविद्यालयमा अध्ययन सकेका पाण्डेले पुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहुलगायतका दीर्घ सेवा तथा मानपदवीहरु पाएका थिए ।

०४५ सालमा आपूर्ति मन्त्रालयको सचिव भएका उनी सरकारी सेवातर्फ अस्थायी लेक्चररका रुपमा पाटन कलेजमा सन १९५८ मा सेक्सन अफिसर तथा पर्यटन विभागको उपसचिव सन १९६१ बनेका थिए ।

Advertisement 2

उनले मन्त्रिपरिषद् सचिवालयको विभागीय प्रमुख सन १९६६ मा, महावाणिज्य दूतावास कोलकत्ताको सन १९८२ मा, वीरगन्ज चिनी कारखानाको अतिरिक्त सचिव भएका थिए ।

लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका पाण्डे नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे तथा शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेका बुवा हुन ।

प्रकाशित :२०७९ श्रावण ५, बिहीबार १४:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry