आफूभन्दा २५ बर्षले कान्छी ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्दै मुख्यमन्त्री शेरधन राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा २५ वर्षभन्दा बढी उमेर अन्तर भएकी ज्याङ्मु एन शेर्पासँग विहे गर्न लागेका छन्।
५० वर्षिय राईले आगामी माघ ११ गते २३ वर्षिय शेर्पासँग विवाह गर्न लागेका हुन्।
राई कुनै समय कुनै समय नेकपाकै युवा नेतृ बालिका खड्काले आफ्नो पति दाबी गरिदिएपछि विवादमा आएका थिए । उनले आगामी माघ ११ मा उनले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्न लागेका खुलेको छ ।

Advertisement 1

उनीहरुबीच प्रेम विवाह हुन लागेको स्रोतले जनाएको छ । एक वर्षयता प्रेममा रहेका ज्याङमु र शेरधनबीच अन्तत विवाह हुने भएको हो ।

विभिन्न चलचीत्रमा अभिनय गरेकी ज्याङ्मु पेशाले कलाकार हुन् । संखुवासभा घर भएकी ज्याङमु काठमाडौंमा बस्दै आएकी छिन् ।

Advertisement 2

मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्।

प्रकाशित :२०७७ माघ ३, शनिबार १८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry