५० हजार घुससहित इन्जिनियर डाँगी पक्राउ

रोल्पास्थित गंगादेव गाउँपालिकामा कार्यरत इञ्जिनियर घुससहित पक्राउ परेका छन् । इन्जिनियर नवीन डाँगी सेवाग्राहीबाट घुस लिँदै गर्दा ५० हजार रूपैयाँसहित रंगेहात पक्राउ परेका हुन् ।

Advertisement 1

मोटरबाटो निर्माण योजनाको नापी किताब तथा बिल तयार गरिदिएवापत सेवाग्राहीबाट घुस लिने एक इञ्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

इञ्जिनियर डाँगीलाई सरकारी निवासबाट ५० हजार घुस रकमसहित नियन्त्रणमा लिइएको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

Advertisement 2

स्रोतका अनुसार सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवलस्थित सम्पर्क कार्यालय र नेपालगञ्जबाट खटिएको टोलीले इञ्जिनियर डाँगीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित :२०७९ असार २४, शुक्रबार २१:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry