राष्ट्रपतिबाट पदक थापेकी पनेरुविरुद्ध डेढ लाख भ्रष्टाचारको मुद्धा

 

Advertisement 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मालपोत अधिकृत लेखा पनेरुविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । पनेरुविरुद्ध डेढ लाख रुपैंया बिगो दाबी गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको हो । पनेरु गत वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट मानपदवी थापेकी कर्मचारी हुन । पदवी थापेको साता दिन पछि नै उनी डेढ लाख रकम घुससहित पक्राउ परेकी थिइन । जिल्ला मालपोत कार्यालय ताप्लेजुङका अधिकृतको रुपमा कार्यरत पनेरु डेढ लाख घुसरकमसहित पक्राउ परेकी हुन ।
उनै विरुद्ध अख्तियारले विशेषमा मुद्धा दायर गरेको हो ।
बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट रु एक लाख ५० हजार रकम लिएको अभियोगमा पनेरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको अथियो । फुङ्लिङ वडा नं ४ स्थित एक घरबाट सेवाग्राहीबाट लिएको रकम उक्त रकमसहित उनलाई अख्तियारले नियन्त्रणमा लिएको थियो ।
गत साउन महिनाबाट चलाइएको यस प्रक्रियामा सम्बन्धित धनीलाई कागजात बुझाउन बाँकी रहेको अवस्थामा आर्थिक लेनदेन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ । पनेरुलाई गत वैशाख १ गतेमात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवा श्री चतुर्थबाट पुरस्कृत गरेकी थिइन् ।

 

प्रकाशित :२०७९ असार २४, शुक्रबार १६:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry