अर्थ मन्त्रालयको जबाफ :- सीसीटीभी फुटेज डिलिट भयो (पत्रसहित)
अर्थ मन्त्रालयले बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज ‘डिलिट’ भएको जनाएको छ । उपभोक्ता हित संरक्षण मञ्च, नेपालले गत १३ असारमा अर्थ मन्त्रालयसंग सिसिटिभी फुटेजको प्रतिलिपि मागेको थियो ।
Advertisement 1
अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजश्वको दर हेरफेर गरेको र त्यसको परिणम पनि देखिएकोलगायतका कुराहरु सार्वजनिक भएपछि मञ्चले सिसिटिभी फुटेजको प्रतिलिपि माग गरेकोमा अर्थ मन्त्रालयले जेठ १४ गते रातीको सीसीटीभी फुटेज ‘डिलिट’ भएको जनाएको हो । मन्त्रालयले फुटेज बढीमा १३ दिनसम्मको मात्रै अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिने दाबी अर्थले गरेको छ ।
Advertisement 2
२०७८ भदौ २५ गतेदेखि गत जेठ १४ गतेसम्मको फुटेज उपलब्ध गराउन मञ्चले माग गरेको थियो । आर्थिक विधेयक तर्जुमा गर्दा मन्त्रालयमा के कस्ता व्यक्तिको आगमन भएको थियो सोसम्बन्धी जानकारीसहित अध्ययन गर्नका लागि फुटेज चाहिएको मञ्चले जनाएको थियो ।
मञ्चले सम्पूर्ण दृश्य देखिने गरी फुटेज उपलब्ध गर्न मन्त्रालयसंग माग गरेको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ बमोजिम फुटेज उपलब्ध गराउनुपर्ने माग गरेकोमा
Advertisement 3
अर्थमन्त्रालयले झूठ बोलेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले अर्थ मन्त्रालयविरुद्ध कानुनी लडाई जारी रहेको बताएका छन् ।