२ करोड अकुत आर्जनमा डामिएका सहसचिवलाई विशेषको ‘सुनपानी’

अकुत आर्जनमा डामिएका तत्कालीन सहसचिवलाई विशेष अदलातले सफाई दिएको छ । अकुत सम्पत्ति आर्जनमा डामिएका तत्कालीन सहसचिव देवीप्रसाद बराकोटीलाई विशेष अदालतका न्यायधीशत्रय शालीग्राम कोइराला, बलभद्र बास्तोला र खुसी प्रसाद थारुको इजलासले सफाई दिएको हो ।

Advertisement 1

पाँच बर्ष अघि उच्च माध्यमिक शिक्षा परिषद्का तत्कालीन सहसचिव देवीप्रसाद बराकोटीले अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले २५ असोज २०७४ मा बारकोटी र उनकी श्रीमती प्रमिला उप्रेतीमाथि मुद्धा चलाएको थियो । सो मुद्धामा पाँच बर्षपछि अख्तियारले सफाई दिएको हो । उनले २ करोड २ लाख रुपैंयाको स्रोत देखाउन नसकेको भन्दै उनी र उनको पत्नीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो । सोही मुद्धामा विशेषले पति पत्नीलाई नै सफाई दिएको हो ।

घुस र रिसवतसम्बन्धी सम्बन्धी मुद्धामा अख्तियारले प्रतिवादी बनाएर विशेष अदालतमा दायर गरेका मुद्धामध्ये झण्डै ९० प्रतिशत मुद्धामा सफाइ पाउने गरेको भेटिएको छ ।

Advertisement 2

 

प्रकाशित :२०७९ असार ११, शनिबार ०७:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry