प्रधानमन्त्रीको अन्तरवार्ता लिने जी न्यूजका प्रधानसम्पादक भन्छन् :- सगरमाथामा भारतले दावा गर्नुपर्दछ
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारमात्र भारतीय च्यानल जी न्यूजका सम्पादक प्रधानसम्पादक सुधीर चौधरीसँग दिनुभएको अन्तरवार्ता भाइरल भयो ।
अन्तरवार्ताकै कारण धेरैले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रंशशा गरे ।
तर वालुवाटारमा अन्तरवार्ता लिएको २४ घण्टा नबित्दै वालुवाटार तिनै जी न्यूजका प्रधानसम्पादक चौधरीले नेपालको विषयमा आपत्तिजनक रिपोर्ट प्रसारण गर्न भ्याए ।
उनी वालुवाटारबाट कालापत्थर पुगे र,त्यहाँ उभिएर हामीले यस (सगरमाथा) को नाम परिवर्तन गर्न अभियान सुरू गरेका छौं भन्दै रिर्पोट बजाए ।
Advertisement 1
भारतले सगरमाथामाथि आफ्नो दाबी विश्वसामु राख्नुपर्ने र सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने समेत बताएका छन् ।
उनले नेपालमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिर्पोट बजाए पछि अहिले चर्काे आलोचना भइरहेको छ ।
Advertisement 2
राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेकाले सगरमाथाको नाम पनि उनैको नामबाट राख्नुपर्ने चौधरीको रिर्पोटमा उल्लेख छ ।
चौधरी तिनै पात्र हुन् जस्ले केही अघि नेपालले कालापानी लिपुलेक लिम्पियाधुरा अंकित नयाँ नक्सा सार्वजनिक गरेसँगै जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहित आपत्तिजनक सामग्री प्रसारण गरेको थियो ।