रसुवा जिल्ला समन्वय समितिमा घिमिरे निर्वाचित

स्थानीय तहअन्तर्गत रसुवा जिल्ला समन्वय समितिको प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार अशोककुमार घिमिरे तथा उपप्रमुखमा एमालेकै उमेदवार विजय लामा विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार जिल्ला समन्वय समितिको सदस्य पदमा एमालेका उम्मेदवार खुवाप्रसाद पौडेल, कामीछिरिङ तामाङ, देशीरानी तामाङ तथा नेपाली कांग्रेसका उम्मेदवार तारकोत लामा, सविता गुरूङ, खीलबहादुर न्यौपाने र पार्वती विक सदस्यमा निर्वाचित भएका हुन् ।

Advertisement 1

पाँचवटा गाउँपालिका रहेको रसुवा जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारको मतपरिमाण बराबर आएकाले गोला प्रथाबाट अन्तिम परिमाण घोषणा गरिएको बताइएको छ । स्थानीय तहका सबै पदको निर्वाचन कार्य आजदेखि सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत नेपालले जानकारी दिए ।

प्रकाशित :२०७९ जेष्ठ २९, आईतवार ०८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry