रसुवा जिससमा प्रमुख उपप्रमुखसहित एमालेको बहुमत

Ùरसुवा जिल्ला समन्वय प्रमुखमा नेकपा एमालेका अशोककुमार घिमिरे निर्वाचित भएका छन् ।त्यस्तै उपप्रमुखमा एमालेकै विजय तामाङले बाजी मारेका छन् ।
Advertisement 1
घिमिरे एमाले केन्द्रीय सल्लाहकार कमिटी सदस्य रहेका घिमिरे रसुवाको समन्वय प्रमुख बनेका हुन् । नाै सदस्यीय समन्वय समितिमा एमालेले ५ सिट जित निकालेको छ । एमालोबाट खुवाप्रसाद पौडेल, कामिछिरिङ तामाङ, वेसिरानी तामाङ विजयी भएका छन् ।
त्यस्तै गोला तानेर कांग्रेसबाट चार जना सदस्य सविता गुरुङ, पार्वती विक, खिलबहादुर न्यौपाने, कार्पोक लामा निर्वाचित भएका छन् ।
Advertisement 2
जिल्ला समन्वय समितिको सदस्यमा नेकपा एमालेबाट कामी छिरिङ तामाङ, खुवा प्रसाद पौडेल, सिता विश्वकर्मा नेपाली कांग्रेसबाट खिलबहादुर न्यौपाने, डिब राज न्यौपाने, सविता गुरुङको उम्मेदवारी परेको थियाे ।
समन्वय समितिको महिला सदस्यमा नेकपा एमालेबाट अमिता विश्वकर्मा, देशी रानी तामाङ, मेम्बर थिङ तामाङ, नेपाली कांग्रेसबाट कारतोक लामा, निर्मला श्रेष्ठ र शेर बहादुर गलानको उम्मेदवारी परेको थियाे ।
Advertisement 3
त्यसैगरि समन्वय समितिको दलित वा अल्पसंख्यक सदस्यमा नेकपा एमालेबाट लाक्पा घले र नेपाली कांग्रेसबाट पार्वती विश्वकर्माको उम्मेदवारी परेको थियाे ।