लीलाको लिला शुक्लागण्डकीमा लौ हेर !
अञ्जनकुमार हिमाली
Advertisement 1
आखिर गरे के हुन्न ? सेवाग्राहीलाई तेश्रो दर्जाको नागरिक सरह व्यवहार गर्ने सरकारी अड्डा अदालत सकेसम्म जान नपर्ने हुने ठान्ने सेवाग्राहीहरु शुक्लागण्डकी नगरपालिकाले शुरू गरेको मुस्कान सहितको सेवा प्रवाह संग भने निकै प्रभावित बने ।
निकै झन्जटिलो सेवा प्रवाह, कर्मचारी मालिक अनि सेवाग्राही रैती । घण्टौं कुर्दा समेत क्षण भरमा हुने काम दिन मार्नु पर्ने यस्तो अवस्थाको कार्यालयलाई लिलावल्लभले लिलै गरेको देख्दा तीनछक छन् शुक्लागण्डकी – १० का विकास बस्नेत ।
नाता प्रमाणितको काम लिएर नगरपालिका आएका बस्नेत कुनै विभागीय प्रमुखको कार्य कक्षमा प्रवेशै काम फत्ते गरी समयमै फर्के । न फाइल बोकेर कक्ष कक्ष चाहर्नु पर्यो न कुनै भनसुन नै । सेवा प्रतिक्षा कक्षमा मोबाइल चलाएर बसेका उनी कर्मचारीहरुले नै काम गरिवरी फाईल ल्याएर दिए ।
राजश्व बुझाउन आएकी शुक्ला गण्डकी -१० कै हरिमाया रामदाम पहिले पहिलेको हैरानी सम्झेर दिन मारेर नै नगरपालिका आएकी थिइन् । तर उनी पनि चकित परिन् एकै ठाउँ बसेर सबै काम सहज सकिएको देखेर ।
अर्का सेवाग्राही श्रीराम पौडेल हुन वा कृष्ण पौडेल वा किन नहुन सम्झना रसाइली नै निकै छिटो छरितो सेवा कर्मचारीहरुको नौनी जस्तै नरम बोली वचन । कुनै बेला सेवाग्राहीले केही सोध्दा पनि झर्कने कर्मचारी यसरी फेरिएको देख्दा को अचम्म मान्दैनन् र । यी सबको उपज थिए प्रमुख प्रशासकिय अधिकृत लिला वल्लभ न्यौपाने । आफूलाई पब्लिक सर्भान्ट ठान्ने न्यौपाने सरकारी कार्यालय कस्तो बनाउने भन्नेमा कर्मचारीहरु मै निर्भर पर्ने बताउँछन् । जुन नागरिक ले तिरेको तिरोबाट राज्य चलेको छ, कर्मचारी पालिएका छन्, लिन हैन तिर्न आउँदा समेत सेवा झन्झटिलो पार्दा एउटा नागरिकले के सोच्छ ? अनि विश्व कहाँ पुगिसक्यो हामी सेवाग्राहीलाई एकैदिनमा हुने काम हप्तौं लगाएर दुख दिने गर्छौं । अबको कर्मचारी र सेवा बिल्कुल स्मार्ट हुनुपर्ने उनको तर्क छ ।
कुनै पनि काम गर्न कार्यालय प्रमुख र पालिका प्रमुखको केमेस्ट्री मिल्यो भने काम गर्न निकै सहज हुनेमा दुईमत छैन । शुक्लागण्डकीका कार्यालय प्रमुख जहाँ पुगेपनि सेवाग्राहीको सेवालाई कसरी सहज बनाउन सकिन्छ भन्नेमा लाग्छन् । उनका ट्वासी अधिकृत सातौं लक्ष्मण लम्साल पनि सेवालाई सहज बनाउन हाकिमको मतसग कदापि असहमत छैनन । र त गएको बिहीबारदेखि मुस्कानसहितको सेवा अन्तर्गत ‘सेवा प्रवाह केन्द्र’ र संचालनमा आयो।
सेवाग्राहीले सेवासंग सम्बन्धित कागजात केन्द्रमा रहने कर्मचारीलाई बुझाएपछि केन्द्र कै कर्मचारीले काम फत्ते गरी सेवाग्राहीलाई फाईल बुझाउछन् । यस्तो सहज सेवा मुलुक मै पहिलो हुनसक्ने पूर्व जनप्रतिनिधि गीता महतले बताइन् ।
नगरप्रमुख कृष्णराज पण्डित कार्यालय प्रमुखको यो अवधारणासंग निकै प्रफुल्ल छन् । पालिकामा काम लिन आउने सवै सेवाग्राहीलाई कुन काममा कसलाई भेट्ने कुन शाखामा जाने थाहा नहुने सक्छ । यो सेवा केन्द्रले त्यो झन्झटलाई मुक्त गर्नेमा विश्वस्त छन् नगरप्रमुख कृष्ण पण्डित ।
यता नगर उपप्रमुख खुमबहादुर विक आफूहरुले भन्दै आएको सुशासन र आन्तरिक मुल्यांकनको एउटा काम भनेपनि सुरु भएको बताउछन। विक कामको लागि सेवाग्राहीले कर्मचारीको टेबुल टेबुल धाउन पर्ने, कहिले कर्मचारी नभेटिने । भेटिएपनि खासै चासो नदिने । त्यस्ता कयौ झन्झट आफूले विगतमा देखें भोगेको तर हाकिम लिलाले सबै समस्यालाई मध्यनजर गर्दै सहजताका लागि जुन सेवा केन्द्रको परिकल्पना गर्नु भो त्यो निकै सराहनीय रहेको बताउँछन् ।
प्रकाशित :२०७९ जेष्ठ २२, आईतवार १०:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%