त्रिविमा पोहोर र अहिलेको प्रश्नपत्र हुबहु
त्रिभुवन विश्वविद्यालयले यो बर्ष रमाइलो खालको प्रश्नपत्र बनाएको छ । एकै विषयको दुई भिन्न परीक्षा र एकै तहमा हुबहु प्रश्न सोधेको छ ।
Advertisement 1
अहिले चलिरहेको २०२१ को फाइनल परीक्षामा सोधिएका प्रश्नहरू सोही विषयको २०२० अर्थात अघिल्लो वर्ष मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत अर्थशास्त्र विभागको स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनमिक्स’ विषयको परीक्षामा सोधिएको प्रश्नसँग हुबहु मिल्दछन् । ६० पूर्णाङ्कको परीक्षामा दुई खण्डमा सोधिएका १३ वटा प्रश्न हुन्छन् । ती सबै प्रश्न पोहोर सालका प्रश्नसँग हुबहु मिलेको छ ।
प्रश्नमा पहिलो समुहको पहिलो प्रश्न हुबहु छ भने दोस्रो प्रश्नमा ‘एक्सप्लेन’को ठाउँमा ‘डिस्क्राइब’ लेखिएको छ । शब्द फरक भएपनि यी दुईको अर्थ एकै हुन्छ । अर्थात विद्यार्थीले ‘डिस्क्राइब’ गर्नु र ‘एक्स्प्लेन’ गर्नु सारमा उही हो ।
Advertisement 2
तेस्रो प्रश्नमा गतवर्ष नेपाल जस्तो विकासोन्मुख देशमा वित्तीय नीतिका औजारहरूको उपयोगिताबारे ‘एक्स्प्लेन’ गर्न भनिएकोमा यसपटक यहीबारे ‘डिस्क्राइब’ गर्न भनिएको छ ।
त्यस्तै समुह बीका चार, पाँच र छ नम्बरको प्रश्न हुबहु छ भने सातौँ नम्बरमा गत बर्ष सोधिएको ‘डिस्क्राइब’को ठाउँमा ‘एक्स्प्लेन’ राखिएको छ । त्यस्तै आठ नम्बरमा पनि डिस्कसको ठाउँमा एक्स्प्लेन राखिएको छ ।
Advertisement 3
११ नम्बर प्रश्नमा पनि एउटा शब्द फेरेपनि प्रश्नको सार उही छ । १२ नम्बरमा फेरि एक्स्प्लेनको ठाउँमा डिस्क्राइब शब्द फेरिएको छ ।