बिए दोस्रो वर्षको नतिजा अब तत्काल आउनेः जोशी

 

Advertisement 1

परीक्षा दिएको ११ महिना बित्दा पनि त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गर्न सकेको छैन् । स्नातक तह दोस्रो वर्षको नतिजा नआउँदा विद्यार्थीले मार भोग्नुपरेको छ ।

पनिकाका कर्मचारीको भत्ता वितरणमा आन्तरिक असन्तुष्टि रहेको र त्यसले कामसमेत प्रभावित भएकाले विद्यार्थीको नतिजामा असर देखिएको त्रिवि स्रोतले जनाएको छ । बिए दोस्रो वर्षको नतिजा अब तत्काल आउने परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने । शनिबारसम्म सार्वजनिक गरिसक्ने तयारी भए पनि केही प्राविधिक कारणले नसकिएको र तत्काल सार्वजनिक गर्ने जोशीको दाबी छ ।

Advertisement 2

दोस्रो वर्षको नतिजा नआए पनि विद्यार्थी भने तेस्रो वर्षको समेत परीक्षा दिएर बसेका छन् । अघिल्लो वर्षको परीक्षा दिएर माथिल्लो वर्षमा पढेका विद्यार्थीको परीक्षा आउँदासम्म नतिजा आएको छैन ।

 

प्रकाशित :२०७९ जेष्ठ १५, आईतवार ११:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry