कर्मचारीको तलब बढाउने गृहकार्य, वृद्धि भने वृद्धभत्तामा निर्भर

राष्ट्रसेवक कर्मचारीहरुको तलब बढाउन अर्थ मन्त्रालयले गृहकार्य गरेको छ । सीमित स्रोतका बाबजुद पनि सरकारले आगामी वर्ष तलब वृद्धि गर्न लागेको हो ।
Advertisement 1
हाल निजामती कर्मचारी, सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, शिक्षालगायत राज्य कोषबाट तलब खानेको संख्या ६ लाखभन्दा बढी छ । सरकारले चालू खर्चका लागि ६ खर्ब ७७ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षमा संघ र प्रदेशको निर्वाचन हुने भएकाले सरकार भोट तान्न लोकप्रिय कार्यक्रमहरु बजेटमा समावेश गर्नेछ । यस्तो अवस्थामा लोकलाई रिझाउन वृद्धभत्ता बढाएर कर्मचारीको तलब नबढाउने सम्भावना देखिएको मन्त्रालय स्रोतको भनाइ छ ।
Advertisement 2
राष्ट्रिय योजना आयोगले दिएको सिलिङअनुसार बजेट तयार भएको छ । सरकारले लोकप्रिय कार्यक्रम समावेश गर्न बाँकी रहेको बजेटको आकार बढेर १८ खर्ब रुपैयाँ पुग्ने अनुमान अर्थका अधिकारीको छ । यद्यपि कर्मचारीको तलब, वृद्धभत्ता र करको दरमा कति हेरफेर हुन्छ त्यसैमा बजेटको आकार निर्धारण हुने अर्थ स्रोतको बताउँछ ।