भैरहवा र पोखराबाट पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा दिइने

सरकारले वैदेशिक रोजगारीमा जान चाहने नेपालीले आगामी दिनमा भैरहवा र पोखरावाट पनि सेवा पाउने भएका छन् ।

Advertisement 1

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत आगामी वर्षमा भौरहवा र पोखराबाट पनि वैदेशिक रोजगार सम्बन्धी सेवा प्रदान गर्ने व्यवस्था गरेको हो ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।यी दुई शहरमध्ये भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । पोखरामा निर्माणको अन्तिम चरणमा रहेको छ ।

Advertisement 2

सरकारले आगामी आवमा रोजगारीका अवसरहरु समेटेर ई(डाइरेक्टरी सञ्चालनमा ल्याउने समेत घोषणा गरेको छ ।

प्रकाशित :२०७९ जेष्ठ ११, बुधबार ०९:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry