नवनिर्वाचित जनप्रतिनिधिद्वारा पदभार ग्रहणः प्रथामिकतामा शिक्षा

रसुवाको उत्तरगया गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार सम्हालेका छन् । गाउँपालिकामा अध्यक्षमा माधव अर्यालले पदभार ग्रहण गरेका छन् भने उपाध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि चमेली गुरुङले निर्वाचित पश्चात् पदभार ग्रहण गरेका छन् । अर्यालले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्दै समृद्धि पालिका बनाउने बताए ।

Advertisement 1

बिहिबार दोस्रो कार्यकालको पदभार समाल्दै गुरुङले शिक्षामा प्राविधिक शिक्षाको विस्तारर सामुदायीक विद्यालयमा सुधार ल्याइने,वालमैत्री विद्यालय निर्माण कार्यक्रम सञ्चालन गरिने, पूर्ण साक्षर गाउँपालिका घोषणा र निरन्तर शिक्षा कार्यक्रम संचालन गरिने, प्रविधियुक्त शिक्षक तथा कक्षा कोठामा प्रविधिको प्रयोगको व्यवस्था गरिने, विद्यालय व्यवस्थापन समितिलाई सक्षम प्रभावकारी र जवाफदेही बनाइने, शिक्षकलाई आधुनीक सिकाई शैली, ज्ञान र प्रविधिमा अद्यावधिक हुन पेसागत क्षमता विकास गरिने, दक्ष जनशक्ति डाक्टर, इज्जिनीयर, नर्स, कृषि विज्ञ, पशु विज्ञ, गणित, अङ्ग्रेजी विज्ञान विषयका शिक्षक तयार गरिने, दलित, गरिव, विपन्न र जेहन्दार छात्रवृत्ति कोष स्थापना गरी सञ्चालनमा ल्याइने, पुस्तकालय स्थापना र व्यवस्थित संचालन गरिने उनको भनाई छ ।

प्रकाशित :२०७९ जेष्ठ ७, शनिबार ०९:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry