सरकारले दियो भोलि सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीको पवित्र चाड इदको अवसरमा पर्सी मंगलबार सार्वजनिक बिदा हुने भएको छ ।
Advertisement 1
गृह मन्त्रालयका अनुसार इद उल फित्रका अवसरमा बिदा दिइएको हो। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मंगलबार सार्वजनिक बिदा दिइएको छ।
०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय थियो। यो वर्ष वैशाख २० गते मंगलबार उद उल फित्रको बिदा दिने गृहले निर्णय गरेको हो। चैत महिनामा बसेको मन्त्रिपरिषद् बैठकले २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक पर्व एव सट्टा बिदा कार्यालय समय राजपत्रमा प्रकाशित गरेको थियो ।
Advertisement 2
राजपत्रमा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीको पर्व इद (इद उल अजहा) का दिन र इद (इद उल फित्र) का दिन बिदा दिने उल्लेख गरिएको छ ।