रक्तदानमा होमिएर एउटा उचाई बनाएका श्रेष्ठ स्वतन्त्र उम्मेद्बारी
“न्याय नपाए गोरखा जानु भने झैँ रगत नपाए भक्तपुर जानु, त्यहाँ पनि नपाए दिपेस श्रेष्ठलाई भेट्नु” भन्ने उखान आजभोली चर्चामा छ। दिपेश श्रेष्ट एक युवा समाजसेवी हुन्। उनले निस्वार्थ भावनाले समाजमा ठुलो योगदान दिईरहेका छन्। उनी र उनको समुहले पटक(पटक रक्तदान कार्यक्रम आयोजना गरेर धेरैलाई जीवनदान दिएका छन्। लामो समयदेखि समाजिक अभियान तथा रक्तदानमा होमिएर एउटा उचाई बनाएका उनै श्रेष्ठ अब राजनीतिमा होमिएका छन्।
Advertisement 1
वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि सुर्यविनायक २ भक्तपुरबाट कुनै पनि पार्टी झण्डा नलिएर स्वतन्त्रबाट उठेका छन् । कुनै राजनीतिक दलको झण्डा ओडेर नभइ स्वतन्त्र रुपमा उम्मेद्धारी दर्ता गरेका छन् ।आफू कुनै पार्टीको नभएको,र कुनै पार्टीको कार्यकर्ता पनि नभएको उल्लेख गर्दै श्रेष्ठले देश बनाउने अभियान आफ्नै ठाउँबाट प्रारम्भ गर्न लागेको बताएका छन् । उनले आफ्नो वडामा निशुल्क शिक्षा ,स्वास्थ्य लगाएत का अनगिन्ती विकास गर्ने लक्ष्य लिएका छन् ।
बालकोटमा घर भएका दिपेश श्रेष्ठ नेपाल रेडक्रस सोइसाइटी बालकोटको उपशाखाका सदस्य हुनुको साथै रक्तदान केन्द्रमा समेत् निकै सक्रिय छन्। उनको समूहले विभिन्न संघसंस्थासँगको सहकार्यमा समय-समयमा रक्तदान कार्यक्रम गरेर रगतका अभाव भएकालाई रगत प्रदान गर्ने गर्दछन। उनले व्यक्तिगततर्फबाट पनि आवश्यक परेकालाई फ्रेस डोनर खोजेर रक्तदान गराउने, ब्लड बैंकमा सोधपुछ गर्ने त्यस्तै आफ्नो शुभचिन्तक देखि टोलका युवाहरुलाई समेत रगतको सहयोग गराउन लगाई रगत जुटाउने गर्दछन। उनलाई प्रायको रगतको ग्रुपको बारेमा समेत् याद भएको र चाहिएको खण्डमा तुरुन्तै रगत दिनको लागि आग्रह गर्नेगर्छन। यसरी नै रगतको व्यवस्थापन गरिरहेको उनले बाताए।
Advertisement 2
दिपेश श्रेष्ट स्कुल देखि नै सामाजिक कार्यमा संलग्न थिए। उनी स्कुलमा नेपाल रेडक्रस सोइसाइटी जुनियर सर्कलमा सदस्य थिए। त्यसपछि उनले नेपाल रेडक्रस सोइसाइटी, बालकोट युवा सर्कलमा प्रवेश गरे। उक्त सर्कलमा ७ वर्ष उनी अध्यक्षको रुपमा काम गरे। त्यसबखत रेडक्रस सोइसाइटीमा बालकोट युवा सर्कल ४ पटक उत्कृष्ट रहन सफल भएको उनले बताए। वर्षमा ४(५ पटक रक्दान कार्यक्रम गर्नाले बालकोटमा रहेको उक्त संस्था उत्कृष्ट हुँदै आएको उनको भनाई छ।
१५ वर्ष देखि आजको दिनसम्म निरन्तर समाजसेवामा लागिरहेका समाजसेवी दिपेश श्रेष्ट भन्छन,”अहिले रगतको अभाव निकै छ। हामी सबैले रक्तदान गर्न शुरुवात गरेका छैनौ। अस्पतालले पनि एक विरामीलाई दुई पिन रगतको आबश्यक छ भने स्टक राख्नु पर्ने भएकोले ४ पिन राखिरहेको हुन्छ। त्यसकारण त्यहाँ आबश्यक भन्दा बढी रगत जम्मा गरिरनु पर्ने हुनाले रगतको अभाव हुने गरेको छ।” यसको साथै उनले रगतको पैसा लाग्ने कुरा गलत रहेको बताए।