बूढानीलकण्ठको चौथो रोजगार मेलाको तयारी पूरा

काठमाडौं। बूढानीकण्ठ नगरपालिकाको चौथो रोजगार तथा वृत्ति मेलाको तयारी पूरा भएको बताएको छ। नगरपालिकाले शुक्रबार र शनिबार गर्न लागेको मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो।

Advertisement 1

‘शिक्षा, सीप र उद्यमशीलता, रोजगारी हाम्रो प्राथमिकता’ भन्ने नारासहित चौथो रोजगारी तथा वृत्ति मेला आयोजना गर्न लागेको हो। नगरपालिकाले यसपालिको मेलामार्फत युवा रोजगारीलाई प्राथमिकता दिने बताएको छ।

साथै नगरपालिकाले यसअघि आयोजना गरेको तेस्रो मेलासम्मको प्रगति समीक्षा पनि सार्वजनिक गरेको छ।

Advertisement 2

‘यस अवधिका तीनवटै रोजगारी तथा वृत्ति मेलामा बेरोजगार युवाको तथ्याङ्क सङकलन गरिएको थियो,’ नगरपालिकाले विज्ञप्तिमा भनेको छ, ‘तथ्यांक सङकलनका क्रममा बेरोजगार युवाहरुले लिन चाहेको रोजगारमूलक तालिमको माग संकलन समेत गरिएको थियो। माग बमोजिम रोजगारी तथा वृत्ति कार्यक्रम अन्तर्गत २० जनालाई सिनियर १० महिने प्लम्बरिङ, ६० जनालाई कुकिङ र ४० जनालाई १० महिने कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिएको छ।’ 

प्रकाशित :२०८१ फाल्गुन १, बिहीबार ११:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry