लुटेरा हुन कहाँ सजिलो छ र माइ लर्ड

अग्लो डाँडामा छौ । कुहिरो लागेको छ । यसपटक हिउँ त परेन । तर चिसो बतास उस्तै छ । सानो कुलेसोबाट बगेको पानीलाई लेकाली घाँसले छोपेको छ । हामी घुम्न आएका हौ । पुराना साथीहरूसँग घुम्नु पुराना दिनहरूको सम्झना गर्नु हो ।मेरो हकमा बाल्यकालतिर फर्कनु हो । यसपटक उ पनि छे । उ भएपछि यात्रा उसै रमाइलो हुन्छ । हामी साथी हौ उ चाहिँ अनन्य साथी हो । हाम्रो ब्याचमा तेक्वान्दो खेलेकी एकमात्र केटी हो उ । उ गीत मन पराउछे । कविता बुझ्दिन ।राजनीतिलाई हेड गर्छे । राजनीतिपछी उ झुसिलकिरालाई मन पराउदिन ।उसलाइ झुसिलकिरादेखी फोबिया भएको छ । तर अफसोच यो बर्खा मासमा झुसिलकिराको बिकबिकी छ ।उ आपुइ आपुइ भनिरहेकी छे । म भन्छु हाम्रो देशको राजनीति पनि यो झुसिलकिरा जस्तै छ । उ वास्ता गर्दिन ।बरु भन्छे सुनिल गिरिको नयाँ गीत आएछ नि ?झरी परेको रात ।

Advertisement 1

मलाई त खत्रा लाग्यो । म प्रतिक्रिया जनाउदिन । मलाई थाहा छ उ गीत मन पराउने केटी हो । स्कुल पढदा आशा भोस्लेको एउटा मान्छे मन पर्छ बोल्न सक्दिन खुब मन पराउथि। पछि मेमोरीमा आशा भोस्लेको प्रायः गीतहरु साइबरबाट सारेर ल्याएकी थिइ ।उसलाई नेपाली सुगम सङ्गितप्रति अपार प्रेम थियोे । सुनसान रातमा मधुरो सङ्गीत सुन्दै निदाउनु उसको दैनिकीमै पर्छ भन्थी फुर्ती लगाउथी । केटाकेटीहरु अगाडि छ्न । जिन्सको पाइन्ट र टिसर्ट लगाएर सर्ट कम्मरमा बाधेकी उ र म बिस्तारै हिडदैछौ । उसले नुवाकोटको मानेगाउँको गुम्बातिर औला देखाइ । उच्च पहाडमा बनेको उक्त गुम्बा बडो सुन्दर देखियो ।

गुम्बाको तोरण हल्लिएको देख्दा मन प्रफुल्ल भो ।मैले गुरु सुर्य बज्रयानालाई सम्झे । लेकका गुम्बाहरुको बिकास र बिस्तारबारे उनले मसँग अनेकौं रोचक प्रसङ्ग सुनाएका थिए । मैले उसलाई ती प्रसङ्गकाबारे बताउदा उ खुसी भइ । अराजक जनजाति अभियन्ता विषम प्हुगालको फोन आयो ।बाहुनी कन्यासँग बिवाहा गरेर जातीयतालाई ठाडो चुनौती दिने हो । उनको रेडिमेड भनाइ फ़ेरि दोहोरियो । एकलट उनले उपेन्द्र यादवको तराईको जमिनदारीको चर्चा गर्न भ्याए । जनजाति आन्दोलनप्रती दिग्दारी पनि व्यक्त गर्न भ्याए । छ्या राजनीति गफ । उसले पनि दिग्दारी व्यक्त गरी । सायद उसलाई खल्लो लाग्यो । राजनीतिलाई घृणा गर्ने उ मात्र दुर्लभ प्राणी होइन । हाम्रो पुस्ता नै राजनीतिलाई घृणा गर्छ । राजनीति दलहरुले लोकतन्त्रलाई बलात्कार गरेकैले होला युवाहरूलाई बजेट भाषणभन्दा नयाँ ब्याटल कहिले आउछ भन्ने कुरामा बढी चासो हुन्छ । राजनीति कहाँ सजिलो छ र ? मेरो प्रश्न झर्न नपाउदै उ भन्छे – लुटेरा हुन गाह्रो छ माइ लर्ड । अलि पर धारो छ । उ दर्गुर्दै धारोनेर पुग्छे घटघटी पानी पिउछे म पनि पानी पिउछु । साह्रै चिसो छ लेकको पानी मुटु नै ठिहिर्याउने । उसलाई यस्तै पानी मन पर्छ ।

Advertisement 2

स्कुलछदै पिकनिक आउँदा थाहा पाएको । यो यात्रामा सुनौलो छ । साथमा उ छे ।रमाइलो साथी । हामी ग्रुप ग्रुप पो भएछौ । सायदै मन मिल्नेहरुको ग्रुप बनेछ । उ भन्छे झरनाको कुरा गर । चिसो पानीको कुरा गर ।लेकका चिसा गाउँका कुरा गर । यहाँको दु:खको कुरा गर । जनताको छानो किन चुहिन्छ चिन्ता गर ।जिन्दगीलाई कसरी पोजिटिभ बनाउने भनेर सोच ।माइ लर्ड राजनीतिको कुरै नगर । मसँग उत्तर थिएन । सम्सदिय राजनीतिले छियाछिया पारेको जनताको मनमा आक्रोश थियोे ।त्यही आक्रोश उमा पनि घृणामा बदलिएको थियोे । जति आक्रोश भएपनि जति नै घृणा भए पनि समाज बदल्ने वा युगलाइ कायापलट बनाउने आखिर राजनीतिले नै हो । उसले यो बुझ्न लामो समय लाग्नेछ । तल त्रिशुली 3A को ड्याम देखिन्छ । रमेश भन्छ हाम्रो देशको बिकास गर्न जलविद्युतको महत्त्वलाई बुझ्नुपर्छ । नेपालको जलस्रोतलाई उर्जाको रूपमा उपयोग गर्नुपर्छ । यसपटक यस्तै भयो । डाँडामा पुगियो ।सेल्फी खिचियो ।

रमाइलो बाताबरणमा मनलाई चङ्गा बनाइयो । साथीहरूसँग फ़ेरि पनि हार्दिक मिलन भयो । जिन्दगीमा यस्तै दिनहरु खास हुन्छन् । यो दिनले एउटा भातृत्वको आभास गराउने छ । म ढुक्क छु । यो दिन हामी सम्झिरहनेछौ। उसले भनेको छे । अब म पनि साहित्य पढछु । कविता लेख्छु । सङ्गीत सिक्न मन छ । लक्ष्यबिहिन जिन्दगी बाच्दिन ।तर सकारात्मक जिन्दगी बाँच्छु । म उसलाई चिनियाँ उपन्यास चम्किलो रातो तारा उपहार दिन चाहन्छु । उसलाई राजनीतिको लत लगाउनु छ । बरु यो दुर्ब्यसन किन नहोस् ।

प्रकाशित :२०७७ श्रावण ३०, शुक्रबार ०६:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry