अल्छीहरू राजनीतिमा आए पछिको परिणाम
सानै देखि उसमा मेहनत गर्ने बानी हुदैन, घरको काम गर्नु परे होम वर्क छ भन्छ, पढ्न पटक्कै मन गर्दैन, चिट चोरेर एस एल सी पास हुन्छ, ढुगा हानेर, टायर बालेर कलेज लाईफ बिताउछ, नेताको चाकडी गरेर र झोला बेकेर राजनीति गर्छ, नेताले पनि आफ्नो जस्तै योग्यता भएकै कारण झोला बोकाउछ, लुट्न पठाउछ, लुट्ने योग्यता पुगे पछि पार्टीको सदस्यता दिलाउछ।
नेताको सर्कलमा हिडे पछि लुटेराहरू भेटिन्छन्, मीठो खान, तामसी भोजन गर्न, आकर्षक पहिरन गर्ने बानी परी सकेको हुन्छ तर श्रम गरेर कमाउने बानी हराई सकेको हुनाले उसमा पनि लुटेर, ठगेर खाने बानी परिसकेको हुन्छ।
Advertisement 1
एउटा उदाहरण दिन मन लाग्यो :- एक जना जिल्ला तहमा राजनीति गर्ने नेता भनाउदा थिए, नेताको चाकडी गरेर केन्द्रको टिकट पटक पटक पाए तर मतदाताले उनलाई जिताएनन्, राजनीति गर्ने बानी लागेकोले मेहनत गर्ने बानी हराईसकेको थियो। त्यसै बेला उनको श्रीमतीलाई अमेरिकाको डिभी परेछ। अमेरिका तिर गए दम्पति नै। अमेरिका पुगे पछि थाहा पाए कि त्यहां त मेहनत नगरी खान नपाइने रहेछ, नेपालको जस्तो अल्छीपनले त बांच्न नसकिने भए पछि फेरि नेपालै फर्किएछन् राष्ट्रियताको खोल भिरेर। केही वर्ष पछि आएर उनी फेरि विना लगानीको धन्दा (राजनीति) मै लागेका रहेछन्।
विकसित देशमा राजनीति गर्नेहरु राजनीतिलाई आवधिक बनाउछन् र राजनीति गर्नु अगाडि र राजनीति पछि पनि आफ्नो पेशा ब्यबसाय छुट्टै गर्छन् , राजनीतिलाई पेशा बनाउदैनन् तर हाम्रा देशमा राजनीति गर्नेहरूको अर्को छुट्टै पेशा, ब्यबसाय हुदैन र राजनीतिलाई कमाई खाने भांडो बनाउछन् र यो पेशामा श्रीमती, छोराछोरी, नातागोता सबैलाई छिराउछन्। यसरी परिवारै मिलेर राजनीतिका नाममा देश दोहन गर्छन्।
Advertisement 2
हाल सतहमा देखा परेको नक्कली भुटानी शरणार्थी काण्ड होस् वा गत विगतमा देखा परेर पनि अनुसन्धानको चांगमा खातिएका विभिन्न काण्डहरू यी र यस्तै राजनीतिका दुष्परिणाम हुन्।
यसरी नेपालमा गरिदै आएका राजनीतिहरूको नेत्तृत्त्व यस्तै अल्छी, ठग र लुटेराहरूको हातमा परेर देशको यो हविगत हुन पुगेको छ। हो, विगतमा केही नैतिक र आदर्शवादी नेता पनि नदेखिएका हैनन् तर तिनका वरिपरि पनि यी र यस्तै लोभी, पापी र ठगहरूले घेरेर उनीहरूलाई बाहिर निस्कन दिएनन्।
यसै भएर जनताहरू बिकल्पको खोजीमा देखिएका छन्। शुरूमा त जनताले उमेद्वारको बिकल्प खोजेका छन्, त्यो नपाए पार्टीको र अन्त्यमा त्यो पनि भएन भने ब्यबस्थाकै बिकल्प पनि खोज्ने छन्।