उर्जामन्त्री फेरिएसँगै विद्युत प्राधिकरणले सुरु गर्यो अघोषित लोडसेडिङ

अहिले काठमाडौं उपत्याकाबासीहरु झ्याप्प झ्याप्प बत्ती जाने समस्याबाट आजित छन् । कुलमान हट्नु,उर्जा मन्त्री र विद्युत प्राधिकरणका हाकिम फेरिनु र विना सूचना बत्ती जान थालेपछि देशबासीले चाहिँ विद्युत प्राधिकरणको अघोषित लोडसेडिङको रुपमा बुझेका छन् ।

Advertisement 1

नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ हुन्जेल लोडसेडिङको समस्या थिएन । तर उनी अवकाश भएको ३ महिनादेखि नै नेपालमा अघोषित लोडसेडिङ शुरु भएको छ ।
काठमाडौं उपत्यकामा बेला न कुबेला झ्याप्प झ्याप्प बत्ती जाने समस्या थियो । यस अघि टोपबहादुर रायमाझी उर्जामन्त्री हुँदा दैनिक १८ घण्टासम्म बत्ती जाने गर्दथ्यो । त्यसपछि उर्जामन्त्री भएका जर्नादन शर्मा र विद्युत प्राधिकरणका हाकिम कुलमान घिसिङ विद्युत प्राधिकरणका हाकिम बने । उनै कुलमाले १८ घण्टे लोडसेडिङको अन्धकार हटाएर मुलुकमा चमत्कार गरिदिए । तर कार्यकाल सकिँए पछि ओली सरकारले कुलमान घिसिङको कार्यकाल नविकरण गरेन् । उनको पुनर्नियुक्तिो लागि उर्जामन्त्री वर्षमान पुनले कोशिस गरेपनि प्रधानमन्त्री ओलीले रोकेका कारण हालसम्म पनि उनको नियुक्त हुन नसकेको सार्वजनिक रुपमा पूर्व मन्त्री बर्षमान पुनले बताउन थालेका छन् ।
यता हालै मात्र ऊर्जामन्त्री बनेका टोपबहादुर रायमाझीले पदबहाली गर्ने वित्तिकै एमसीसी जसरी पनि लागू हुनुपर्ने बताएका थिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । उनको आगमनसँगै उपत्याका अघोषित लोडसेडिङ शुरु भएको छ ।
प्राधिकरणले लोडसेडिङ गर्ने सम्बन्धि कूनै सूचना तथा जानकारी औपचारिक रुपमा सार्वजनिक नगरेपनि बत्ती दैनिक अवरुद्द हुनुले प्राधिकरणले अघोषित लोडसेडिङ सुरु गरेको होकि भन्ने अनुमान सर्वसाधारणले गरेका छन् ।
यद्यपि प्राधिकरण भने प्राविधिक कारणले बत्ती गएको हुन सक्ने बताउँछ । प्राधिकरणकी सूचना अधिकारी लिला अर्यालका अप्राविधिक समस्याका कारण बत्ती समय समयमा गइरहेको हो, यसलाई लोडसेडिङ नै भन्न मिल्दैन,’ उनले भनिन् ।

प्रकाशित :२०७७ पुष १६, बिहीबार १२:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry