गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलित

सरकारले नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीलाई कारवाही गरेसँगै नेपाल राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलित भएका छन्। वालुटारस्थित केन्दीय बैंकका साथैं देशैभरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुमा गभर्नर निलम्बनको विरोधमा कालो ब्यानर झुण्ड्याएर प्रर्दशनमा उत्रिएका हुन । यो आन्दोलनको लिड चाहिँ नेपाल राष्ट्र बैंक कर्मचारी संघले गरेको हो । त्यहाँ केन्द्रीय बैंकको स्वायत्ततामाथिको हस्तक्षेप बन्द गर, गभर्नर अधिकारीमाथिको कारवाही प्रक्रिया फिर्ता गर, संकोटन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्दारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’ लगायतका नाराहरु लेखिएका छन् ।
Advertisement 1
वर्तमान गभर्नर अधिकारीमाथि मात्र नभई यस अघिका गभर्नरमाथि समेत आक्रमणहरु हुने गरेको स्मरण गर्दै केन्द्रीय बैंकको नेतृत्व माथि हुने गरेका आक्रमणका बेला नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि बिरोधका कार्याक्रमहरुमा उत्रने कर्मचारीहरुले उद्घोष गरेका छन् । सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेको छ। छानबिन समिति गठन भएसँगै उनी लिनम्बनमा परेका छन्।
Advertisement 2
यसैबीच नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी सरकारको निर्णयविरूद्ध सर्वाेच्च अदालतमा पुगेका छन्।