एमालेका पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष ४६ करोड ठगीमा पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकर,ब्यवसायी तथा पूर्व एमाले सभासद इच्छाराज तामाङ्गलाई काठमाण्डौको सुन्धारा क्षेत्रबाट समातेको छ ।
Advertisement 1
तामाङले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको हो । सिआइबीका अनुसार हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो ।
तामाङ्गबिरुध्द थुप्रैको उजुरी परेको र यो क्रम जारी रहेकोसमेत थाहा हुन आएको छ । उनीसङ्ग लिनुपर्ने पैसा नपाउँदा र यसनिम्ति बर्षौँदेखि धाउँदा धाउँदै उजुरकर्तामध्येका ६ जनाको मृत्यु भैसकेको समेत बताइन्छ । विभिन्न ब्यक्ति वा सँस्थालाई घर वा शेयर दिन्छु भनी बटुलिएको ४६ करोड नतिरेको उजुरीका आधारमा सिआइबीले हिजो राती सुन्धारा क्षेत्रबाट पक्राउ गरेको सिआइबीले जनाएको छ ।
Advertisement 2
तामाङ्ग सिभिल बैंकका अध्यक्ष हुन्,सिभिल होम्सलगायत थुप्रै कारोवारमा उनको लगानी रहेको छ ।