आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६१ पैसा कायम भएको छ।

Advertisement 1

केन्द्रीय बैंकले युरोपियन युरो १ को खरिददर १५६ रूपैयाँ २३ पैसा र बिक्रीदर १५६ रूपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रर्लिङ १ को खरिददर १८१ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८२ रूपैयाँ ७२ पैसा, स्विस फ्र्याङ्क १ को खरिददर १६७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३२ पैसा कायम गरिएको जनाएको छ।

यस्तै,अष्ट्रेलियन डलर १ को खरिददर ८७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर १ को खरिददर ९८ रूपैयाँ ३१ पैसा र बिक्रीदर ९८ रूपैयाँ ७४ पैसा, सिङ्गापुर डलर १ को खरिददर १०४ रूपैयाँ र बिक्रीदर १०४ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, जापानी येन १० को खरिददर ९ रूपैयाँ ७० पैसा र बिक्रीदर ९ रूपैयाँ ७४ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रूपैयाँ ६० पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४२ पैसा, कतारी रियाल १ को खरिददर ३७ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४७ पैसा तोकिएको छ।

Advertisement 2

केन्द्रीय बैङ्कका अनुसार थाई भाट १ को खरिददर ४ रूपैयाँ ०९ पैसा र बिक्रीदर ४ रूपैयाँ ११ पैसा, युएई दिराम १ को खरिददर ३७ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३७ रूपैयाँ १९ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रूपैयाँ ११ पैसा निर्धारण भएको छ।
यसैगरी, साउथ कोरियन वन १ सयको खरिददर ९ रूपैयाँ ५४ पैसा र बिक्रीदर ९ रूपैयाँ ५९ पैसा, स्विडिस क्रोनर १ को खरिददर १४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४ रूपैयाँ ३५ पैसा र डेनिस क्रोनर १ को खरिददर २० रूपैयाँ ९३ पैसा र बिक्रीदर २१ रूपैयाँ ०२ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर १ को खरिददर १७ रूपैयाँ ५३ पैसा र बिक्रीदर १७ रूपैयाँ ६१ पैसा, कुवेती दिनार १ को खरिददर ४४४ रूपैयाँ ८६ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ८२ पैसा, बहराइन दिनार १ को खरिददर ३६० रूपैयाँ ८९ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ४८ पैसा, ओमनी रियाल १ को खरिददर ३५३ रूपैयाँ २३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७९ पैसा रहेको छ । यस्तै, केन्द्रीय बैंकले भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

प्रकाशित :२०८२ बैशाख १०, बुधबार ०७:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry