भूमिगत कालका ‘विदुर नेपाली’ यसरी बने धतुरे…

मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ आफ्नो इतिहास तर सबै मान्छेको कहाँ लेखिन्छ र आफ्नो इतिहास । नेपाली हास्यव्यंग्य क्षेत्रमा जमेका,  एक सशक्त कलाकार सिपी पुडासैनी अर्थात धतुरे पूरानै घर फर्किएका छन् । भद्रगोल,के जमाना आ,क्या जमाना आ हुँदै हे सिटामोलको लेखन, निर्माण, मुख्य अभिनय र निर्देशनमा जमेका सिपी पुन सक्किगोनीमा फर्किएका हुन ।
सक्किगोनी दुईको ६४ भागदेखि उनी पुन पूरानै घर फर्किएका छन् । कुनै समय नेपाल टेलिभिजनमा भद्रगोल सिरियल चलाएर चर्चामा पुगेका पुडासैनीले नेपाल टेलिभिजनमै के जमाना आ श्रृखला चलाए । क्या जमाना आ, हे सिटामोल हुँदै बीचमा सक्किगोनी टेलिश्रृंखलामा सशक्त भूमिकामा जोडिएका थिए । बीचमा सक्किगोनीबाट अलग भएका उनी पुन सक्किगोनीमा फर्किएका छन् ।
यस अंकको मध्यान्तरमा उनी ध्यानमग्न अबस्थामा भेटिन्छन् । एक लाखको कुरा सुन्ने वित्तिकै उनी ध्यानभंग गरेर अर्जुन घिमिरे पाँडेसँग ट्यापे बन्न निस्कन्छन् ।

Advertisement 1

धतुरे सदैव नयाँ प्रयोग गर्न रुचाउने कलाकार हुन । सरकारी टेलिभिजन अर्थात नेपाल टेलिभिजनमा मिडिया हवजस्ता संस्थाहरुको एकलौटी राज हुँदा कलाकारले नै एजेन्सी खोलेर टेलिफिल्म प्रशारण गरी एनटिभिको रेकर्ड तोड्ने व्यक्ति हुन उनी । स्वर्णीम क्रियसनद्धारा उत्पादित के जमाना आले नेपाल टेलिभिजनमा ४० भागसम्म प्रशारण भयो । दर्शकहरुको मन जित्न सफल यो श्रृंखलालाई एपिवान टेलिभिजनको व्यवस्थापनले खरिद गर्यो । क्या जमाना आ एपिवान टेलिभिजनबाट प्रशारण थाल्यो । उनी एपिवानबाट पनि कलाकारमाथि उस्तै व्यवहार भोग्न विवश भए पछि पुगे नाइस टेलिभिजन र त्यहाँबाट सिटामोल टेलिश्रृंखला प्रशारण शुरु भयो ।
काल्पनिक कम र वास्तविक अर्थात अहिलेको जमानाका यथार्थ दृश्यमा खेल्न रुचाउने पात्र हुन धतुरे ।

सिपी पुडासैनी आज यसै धतुरे बनेका छैनन । यहाँसम्म आइपुग्न उनले राजनीतिक भूमिगत जीवनदेखि नाट्य क्षेत्रमा आउन गरेका संघर्षका ठूला पापड पेलेका छन् । जनयुद्ध कालका यी भुमिगत कार्यकर्ता विदुर नेपाली कालान्तरमा बुलेन्द्र दमाइ हुँदै कसरी टेलिभिजनका चर्चित धतुरे बने त ? यो उनका दर्शकलाई थाहा नभएको जानकारी आज हामी पस्कदै छौं :-
काठमाडौको डाँछीमा जन्मिएर हुर्किएका हुन सी पी । पिता विष्णुप्रसाद पुडासैनी र आमा राधिका पुडासैनीको कोखबाट जन्मेका पुडासैनी परिवारको दोस्रो सन्तानका रुपमा सामान्य किसान परिवारमा जन्मिएका हुन् । त्यतिबेला यदाकदा निजी विद्यालय (बोर्डिङ) भएपनि सरकारी स्कुलमै बसेर अध्ययन आरम्भ गरेका हुन । उनका पिताजीले त्यो जमानामा पनि छोरालाई सरकारी स्कुलमा भर्ना गरेर बहिनीहरुलाई निजी विद्यालयमा भर्ना गर्नुभएको थियो ।

Advertisement 2

त्यतिखेर बुवाले किन त्यसो गर्नुभयो होला ? भन्ने सम्झेर धतुरे अहिले पनि चकित पर्ने गरेको सुनाउँछन । बुवाले ०२२ सालमा म्याट्रिक (एसएसलसी) गर्नुभएको थियो । जतिबेला पञ्चायती शासनको राज थियो । तर बुवा सरकारी जागिर भन्दापनि खेती किसानीतिर लाग्नुभयो । सायद पिताकै केमेष्टी धतुरेमा पनि स¥र्यो । उनी जीवनमा जागिरको खोजीमा कहिल्यै हिडेनन् ।

स्कुले शिक्षा श्री नेपाल र राष्ट्रिय निर्माण विद्यालयबाट आरम्भ गरे उनले । तीनताक मावि बनिसकेको थिएन । तिनताक सुकुल र बोरा बिछ्याएर नेपाली अक्षर क, ख, ग र अंग्रेजी अक्षर ए, बी, सी, डी कण्ठस्थ गर्नुपर्ने अबस्था थियो । सुकुल भक्तपुर बोडेमा निर्माण गरिन्थ्यो । डेस्क र बेन्चको कुनै प्रवन्ध थिएन ।

Advertisement 3

काठमाडौंस्थित थलीको कान्ति भैरब माध्यमिक स्कुलमा सात कक्षामा भर्ना हुन पुगेँ धतुरे । अस्थायी स्कुले यात्रा झै उनले यसअघि नै नाटकको पर्दा चिहाइसकेका थिए ।

फ्ल्यासब्याक नाटक
यसरी सात कक्षा भर्नाका लागि थली पुग्नु अघि नै उनले आमा नामक नाटक पर्दा अगाडि बसेर हेरिसकेका थिए । कहाँ पाउनु अहिलेजस्तो त्यो समयमा घर घरमा टेलिभिजन ? एक घण्टाको बाटो हिँडेर टेलिभिजन हेर्न जानुपर्दथ्यो । घण्टौं बाटो हिडेर रामायण हेरेको हिजै जस्तो लाग्छ उनलाई । उनको विद्यार्थी जीवन अध्ययन भन्दापनि साहित्य क्षेत्रमै बित्यो । स्कूले जीवनमा कथा, निबन्ध भन्दा बढी कविता लेख्न रुचाउथेँ ।
हाम्रो प्रश्न थियो,जनयुद्ध कालका यी भुमिगत कार्यकर्ता विदुर नेपाली, बुलेन्द्र दमाइ’ हुँदै कसरी टेलिभिजनका चर्चित धतुरे बने त ?
उनले अमिलो मन पार्दै भने ‘राजनीतिक कुरा नगरौं ।’ ०६१ मा सरकार र माओवादीबीच बाह्र बुँदे सम्झौता भयो । सोही समयमा उनी फर्किए नेपाल । जीवन आखिर संयोग न हो । त्यहि संयोगले भेटे शिशिर सुवेदी । र शुरु गरे, शंख एण्ड चक्र टेलिसिरियल,केही समय तीते करेलीमा काम गरे । अर्जुन घिमिरे पाँडेले निर्माण गरेको सिस्नुपानी झ्याम्मैमा मिस्सिएर केही समय काम गरे । यो टेलिश्रृंखला त्यो समयको हिट श्रृंखलामध्ये एक थियो । बीचमा सिस्नु पानी झ्याम्मै निर्माण गरे । ६८ सालसम्म यो टेलिश्रृंखला चल्यो । दर्शकको दिलमा डेरा जमाउदै गर्दा बीचमा ‘भद्रगोल’ नामक टेलिश्रृंखला निर्माण गर्न लागे । त्यहीबाट जन्मियो धतुरे पात्र ।

३२ भागसम्म सो श्रृंखलामा देखिएका उनी चर्चा बटुल्दै गर्दा सो टेलिश्रृंखला छाडेर बाहिरिए । र निर्माण शुरु गरे के जमाना आ’ । यस अगाडि नै तोरी लाउरे, ‘ताल न बेतालको हास्य टेलिसिरियल निर्माण गरेको अनुभव छदै थियो । तिनै अनुभवहरुलाई समेटेर स्वर्णीम क्रियसन जन्माए । स्वर्णीम क्रियसनकै प्रस्तुतिमा ‘के जमाना आ नेपाल टेलिभिजनबाट प्रसारण हुन थाल्यो । ४० भागसम्म एनटिभीबाट प्रसारण हुँदै आएको यो श्रृंखला पछि एपिवानमा पुग्यो र क्या जमाना आ बनेको छ । उनका टेलिश्रृंखलामा उट्पट्याङ कहानी नभई यर्थाथपरक समाजिक कथामाथि तिखो व्यंग्य देख्न पाइन्छ ।

यी बहुमुखी प्रतिभाका धनी सी पीको आगामी सपना छ कमेडी थिएटरको स्थापना गर्ने ।

 

प्रकाशित :२०७९ बैशाख ३, शनिबार १४:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry