१० निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाइयो,एक जनाको संशोधन

निर्वाचन आयोगले केही निर्वाचन अधिकृतहरुलाई पदबाट हटाएको छ । यस्तै केहीलाई नयाँ नियुक्ति गरेर पठाएको छ । यस्तै एक जनाको सूची संशोधन गरेको छ । आयोगले यस अघि खटाएका १० जना निर्वाचन अधिकृतलाई पदबाट हटाएर उनीहरुको स्थानमा १० जना नयाँ निर्वाचन अधिकृतलाई खटाएको छ ।
यस्तै आयोगले उपसचिव लक्ष्मीदेवी होमागाईलाई यस अघि पाँचथरको मिक्लाजुङ गाउँपालिकामा खटाएकोमा संशोधन गर्दै अब धनकुटाको महालक्ष्मी नगरपालिकामा खटाएको आयोगले जनाएको छ । निर्वाचन आयोगले आजै मात्र भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर गरेको छ। प्रचण्ड पुत्री रेणु दाहाल पुन यो महानगरपालिकाबाट मेयरको उम्मेद्धार बनाउन प्रचण्डले दौड तिव्र पारेका छन् । गठबन्धनबाट रेणुलाई उम्मेद्धार बनाउने तयारी चलिरहँदा एमालेले भने हेभिवेट विजय सुवेदीलाई उम्मेद्धारको रुपमा अगाडि बढाएको छ ।
निर्वाचन आयोगले यस अघि तोकिएका जिल्ला न्यायाधीश हेमन्त रावललाई मुख्य निर्वाचन अधिकृतबाट हटाएर उनको स्थानमा चितवनकै जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीलाई खटाइएको आयोगले जनाएको छ।

Advertisement 1

भरतपुर महानगरपालिकामा निर्वाचन हुनु महिना दिन अघि मुख्य निर्वाचन अधिकृत चुनावको मुखमा हेरफेर गर्नुलाई चासोका साथ हेरिएको छ ।

SCAN_20220410_0001

 

प्रकाशित :२०७८ चैत्र २९, मंगलवार २०:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry