लोकसेवा आयोगको विज्ञापनमा पदअनुसारको शैक्षिक योग्यता मिलेन, त्रुटी सच्याउन हानको ध्यानाकर्षण
प्रदेश लोक सेवा आयोग, वागमती प्रदेश हेटौंडाले ९०९ जनाका लागि विज्ञापन खोल्यो । आयोगले प्रदेश र स्थानीय तहका विभिन्न सेवा समुहका पाँचौ तहका पदहरुमा आवेदन खुला गरेको थियो । आयोगले अप्राविधिक तर्फ १२८ जना , प्राविधिक तर्फ ६२७ जना , स्वास्थ्य सेवाको आप्रतर्फ १ जना र स्वास्थ्य सेवाको खुला तर्फ १४४ जना गरि जम्मा ९ सय पदका लागि आवेदन माग गरेको हो ।
विज्ञापनमा स्वास्थ्य फार्मेसी फार्मेसी सहायक मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मेसी विषयमा प्रमाणपत्र तह उतिर्ण गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।
सो विज्ञापन उपर स्वास्थ्य सेवा तर्फका पदका लागि न्यूनतम शैक्षिक योग्यता कानुन सम्बत नदेखिएको भन्दै हेल्थ असिस्टेन्ट संघ नेपाल हानले सच्याउन मा गरेको छ ।
हानका अनुसार, पाँचौ तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सामा प्रमाणपत्र तह उर्तिर्ण गरेको हुनुपर्ने र स्टाफ नर्स जनरल नर्सिङरकम्युनिटी नर्सिङका लागि सम्बन्धित विषयमा प्रमाणपत्र तह उर्तिण गरेको हुनुपर्ने कानूनी व्यवस्था छ । यस्तै हेई पाँचौ तहको लागि सम्बन्धित स्वास्थ्य व्यवसायी ऐनको दितीय तहमा दर्ता भएको प्रमाणपत्र हुनुपर्छ । यस्तै सिअहेब र सि अ न मि पदहरुमा त्रुटी भएको छ ।
Advertisement 1
यस्तै प्रशासन सामान्य प्रशासन मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाण पत्र तह वा सो सरह उत्र्तीण, यसैगरी प्रशासन मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन तथा वाणिज्य शाखामा प्रवीणता प्रमाणपत्र वा अर्थशास्त्र गणित वा तथ्याङ्कशास्त्र मध्य कुनै एक मूल विषय लिइ प्रवीणता प्रमाणपत्र वा सो सरह उतिर्ण हुनुपर्ने सूचनामा उल्लेख छ । हानका अध्यक्ष दाताराम अधिकारीले प्रदेश लोकसेवालाई पत्र लेखेर विभिन्न नम्बर र प्रकारका विज्ञापनमा त्रुटी औल्याएको छ ।
आयोगको छुट्टै प्रदेश ऐन बनाएर पद र योग्यता नतोकेको अवस्थामा स्वास्थ्य सेवा ऐन २०५३ र नियमावली २०५५मा भएको व्यवस्थाअनुसार नै हुनुपर्ने हानको भनाई छ ।