२५ करोड क्षतिपूर्ति दाबी गर्दै बतास समूह अदातलमा

बतास समूह सरकारको निर्णय गैरकानुनी भएको भन्दै क्षतिपूर्ति दाबी गर्दै अदालत पुगेको छ ।
Advertisement 1
पशुपतिस्थित होटल आनन्दसँगको सम्झौता रद्द गर्ने सरकारको निर्णयले आफूहरुलाई २५ करोड रुपैयाँ क्षति पुगेको भन्दै सो समूहका अध्यक्ष आनन्द बतास अदालत पुगेका हुन् ।२५ करोड रुपैयाँ क्षतिपूर्तिसहितको मुद्दा दायर गरेको बतासले जानकारी दिए ।
गत बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहित कोषका पदाधिकारी धर्मशालामा तालाबन्दी गर्न पुगेका थिए । तर, त्यतिबेला पनि तालाबन्दी गर्न सकिएको थिएन । आज पनि कोष पदाधिकारी धर्मशाला पुगे । तर, धर्मशालाको गेट नखुलेपछि उनीहरु त्यसै फर्किए ।
Advertisement 2
आनन्द बतास समूहका प्रबन्ध निर्देशक जेपी पोखरेलले तालाबन्दी गर्न आएकाले गेट नखोलेको बताए । कोषका पदाधिकारीले आफूहरू तालाबन्दी गर्न नआएको र कोषको सम्पत्ति हेर्न आएको बताए पनि धर्मशालाका कर्मचारीले तालाबन्दी गर्ने अधिकार कोषका पदाधिकारीलाई नरहेको भन्दै गेट खोल्न नमानेका हुन् । यो विषय अदालतमा विचाराधीन रहेकाले त्यहाँबाट हुने फैसला आफूहरूलाई मान्य हुने बताउँदै ती कर्मचारीले गेट नखोल्ने जिकिर गरे ।
जनप्रतिनिधिको रोहवरमा तालाबन्दी गर्ने कोषको प्रयास पनि असफल भएको छ । धर्मशालाको विषय अदालतमा विचाराधीन रहेको भन्दै तालाबन्दी गर्ने विषयमा काठमाडौं महानगर वडा ८ का अध्यक्ष दिनेश डंगोलले हस्ताक्षर गर्न मानेनन् ।
Advertisement 3