वसन्तबहादुर कुँवरले लगाए आईजीपीको फुली

सरकारले नवनियुक्त महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव विनोदप्रकाश सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

Advertisement 1

उनी २०५१ चैत ५ मा निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका थिए । २०६३ भदौ ८ मा डीएसपी, २०७१ फागुन १० मा एसपी, २०७५ फागुन ६ मा एसएसपी र २०७९ असार १७ मा डीआईजी बनेका उनले विभिन्न जिल्लाका अलवा प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेर काम गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर उनी इन्स्पेक्टर, डीएसपी र एसपी हुँदा विभिन्न जिल्लामा रहेर काम गरेका छन् । गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी, डोटी, चितवन, नुवाकोट, धादिङ, प्रहरी युक्ति तालिम महाविद्यालयलगायत युनिटमा रहेर काम गरिसकेका छन् । कुँवर गएको असार १७ मा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए ।

Advertisement 2

डीआईजीमा बढुवा हुँदा उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए । त्यसअघि उनले प्रहरी प्रवक्ताका रुपमा काम गरेका थिए । डीआईजीमा बढुवापछि भने प्रहरी प्रधान कार्यालय कार्यविभागमा पदस्थापना भएका उनी पछिल्लोपटक मधेस प्रदेश प्रहरी प्रमुख बनेका थिए ।

 

Advertisement 3

 

प्रकाशित :२०७९ चैत्र १२, आईतवार ११:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry