शिक्षा शाखा प्रमुखलाई कालो मसो दल्ने रम्तेल पक्राउ

कैलालीमा नगरपालिकाका शिक्षा अधिकृतलाई कालोमोसो दलिएको छ । लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो दलिएको छ ।
Advertisement 1
हिजो बेलुकी कार्यालयबाट घर फर्किने क्रममा केही व्यक्तिले उनीमाथि कालोमोसो दल्दै दुर्व्यवहार गरेको बताइको छ ।शिक्षा अधिकृतलाई कालो मोसो दल्ने एकजना पक्राउ परेका छन ।कैलालीको लम्कीचुहा नगरपालिका –९ का ३१ वर्षीय नेकपा क्रान्तिकारी (वैद्य) सुदूरपश्चिम युवा संगठन इञ्चार्ज भुवन रम्तेल पक्राउ परेका हुन् ।
उनलाई सुपप.०१–००९ प ७३२२ नम्बरको मोटरसाइकलसहित कैलारी गाउँपालिका – ७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।सोमबार कार्यालयबाट घर फर्कने क्रममा शिक्षा अधिकृत न्यौपानेलाई बलिया स्थित पुर्ब पश्चिम राजमार्गमा ४÷५ जनाले कालो मोसो दलेका थिए ।
Advertisement 2