जसले एमालेबाट कांग्रेसमा प्रवेश गर्दा आफ्नै साथीबाट रगताम्य हुनेगरी कुटाइ खाए
पार्टी प्रबेस गर्दा कहिलेकरी फुलमालाको साटो रगताम्य हुनेगरी कुटाइ खानु परेको छ ।प्रसङ्ग रहेको छ जाजरकोट छेडागाड गाउँपालिका ३ को ।जहा एक दलित युवाले एमालेबाट कांग्रेसमा प्रवेश गरेकै कारण आफ्नै साथीबाट रगताम्य हुनेगरी कुटाइ खाएका छन् ।
Advertisement 1
सोही गाउँका नेकपा एमाले जिल्ला कमिटी सदस्य सत्यनारायण गिरीले उनलाई कपडा खोलेर रगताम्य हुनेगरी कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।
‘गिरी र नेपाली पहिलेदेखि एमाले पार्टीमा आवद्ध एउटै गाउँका साथी रहेछन् । आइतबार गिरी र पिडित नेपालीले स्थानीय दिनेशको होटलमा बसेर जाँडरक्सी खाएका रहेछन् । रक्सी खाने क्रममा पार्टी प्रवेशकै विषयमा विवाद भएछ । त्यसपछि नेपालीमाथि हातपात भएको रहेछ,”जाजरकोट प्रहरीका सूचना अधिकारी प्रहरी इन्सपेक्टर खुमानन्द पाण्डेले बताए ।
प्रकाशित :२०७८ चैत्र २१, सोमबार १९:३३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%