हिरोको बहुप्रतिक्षित ‘एक्सपल्स २०० फोर भी’ सार्वजनिक , मूल्य र फिचर सहित
हिरोको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले एड्भेन्चर मोटरसाइकल एक्सपल्सको नयाँ मोडल ‘एक्सपल्स २०० फोर भी’ विक्री सुरु गरेको छ । कम्पनीले ४ लाख ५० हजार मूल्य तोकेर यसको विक्री सुरु गरेको हो ।
Advertisement 1
यसअघि डिलरहरुले अनुमानित मूल्य ४ लाख ७५ हजार पर्ने जनाएर ग्राहकसँग एक्सपल्स २०० फोर भीको बुकिङ लिएका थिए । कम्पनीले विभिन्न तीन कलर भेरियन्टमा एक्सपल्स २०० फोर भी नेपाल ल्याएको छ ।
Advertisement 2
नयाँ मोटरसाइकलमा ४ भल्भ प्रयोग भएको छ । साथै, रेगुलरको तुलनामा १.०२ पीएस पावर र ०.९ एनएम टर्क बढी प्रदान गर्न सक्षम छ ।
हिरोले यसमा ७ फिन आयल कुलरको प्रयोग गरेको छ, अब पहिले जस्तो इन्जिन तात्ने समस्या पूर्णरुपमा समाधान भएको कम्पनीको दावी छ ।
Advertisement 3
हिरोले नेपालमा विक्री गर्दै आएको रेगुलर मोडल एक्सपल्स २०० को मूल्य ४ लाख ३ हजार रुपैयाँ रहेको छ । नयाँ फोर भी मोडलको मूल्य रेगुलरको तुलनामा ४७ हजार रुपैयाँ बढी राखेर विक्री सुरु गरेको हो ।
एक्सपल्स २०० फोर भीको उचाई १२५८ एमएम, ग्राउण्ड क्लियरेन्स २२० एमएम र १४१० एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १३ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको जम्मा तौल १५८ केजी रहेको छ । सो मोटरसाइकलमा अगाडि २७६ एमएम र पछाडि २२० एमएम डिस्क ब्रेक दिइएको छ भने यसको अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ ।
नयाँ एक्सपल्स २०० फोर भीमा नयाँ हेडलाइट सेटअप, नयाँ एलइडी हेडलाइट सेटअप, व्लुटथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन फिचर थप गरिएको छ । सो बाइकमा सिंगल–च्यानल एबीएस रहेको छ । त्यस्तै यसमा फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, गियर इन्डिकेटर, ड्युअल प्रपोज टायर, आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड जस्ता आदि विभिन्न फिचर उपलब्ध छन् ।