साँझ ६ बजे डाकियो मन्त्रिपरिषद बैठक, प्रदेशसभा विघटनको सिफारिस हुनसक्ने
प्रतिनिधिसभा बिघटन पछि आज पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद्को बैठक डाकिएको छ । गत ५ पुसमा प्रतिनिधिसभा बिघटन भएपछि यसबीचमा अर्को बैठक बसेको छैन । प्रायः सोमवार र विहीवार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि आज शुक्रवार साँझ ६ बजे बैठक बस्दैछ ।
यता केन्द्रमा देखिएको नेकपाको विग्रहको असर प्रदेशतिर देखिसकेको छ । आजै मात्र बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वाशको प्रस्ताव दर्ज भइसकेको छ भने त्यहाँका तस्न जना मन्त्रीहरुले राजीनामा दिइसकेको अबस्था छ । अरुण नेपाल,शालिकराम जमरकट्टेल र युवराज दुलालले राजीनामा दिइका छन् ।
Advertisement 1
प्रधानमन्त्री ओलीले आजै मन्त्रीमण्डल हेरफेर गर्ने बताइएको छ। सत्तारूढ नेकपा दुई समूहमा विभाजित भएपछि खाली भएका मन्त्रालयमा ओलीले आफूसँग आएका केही नेतालाई मन्त्री बनाउन लागेका छन्।
यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले एक टेलिभिजन अन्तरवार्ता दिँदै प्रदेशसभा खारेज गर्ने सक्ने संकेत दिइसकेका कारण आजको आजको बैठकबाट कतिपयले प्रदेशसभा विघटनको सिफारिस हुनसक्ने आँकलन गरेका छन् ।