सीडीयोहरुको सरुवा


गृह मन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको छ । मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई पर्सा जिल्लामा पठाएको छ भने पर्साका सिडिओ विष्णु कार्कीलाई मन्त्रालय तानेको छ । यस्तै,अछामका प्रजिअ पुण्य विक्रम पौडेललाई धादिङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिई पठाएको छ भने उनको ठाउँमा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायलाई पठाएको छ ।त्यस्तै रौतहटको सिडिओमा इन्द्रदेव यादवलाई पठाएको छ ।

प्रकाशित :२०७७ श्रावण २८, बुधबार ०६:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry