न्याय सेवाका १३६ कर्मचारीको सरुवा,५१ को पदस्थापन (सूचीसहित)

न्याय सेवा आयोगले ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । न्याय सेवा आयोगको आइतबार बसेको बैठकले राजपत्राङ्कित प्रथम,द्धितीय र तृतीय श्रेणीका कर्मचारीहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार आयोगले कानुन समूहका ६ र सरकारी वकिल समूहका ६/ ६ जना गरी १२ जना प्रथम श्रेणीका कर्मचारीहरु सरुवामा परेका छन् ।
सूची अनुसार, उच्च सरकारी वकिलको कार्यालय, पोखराका नारायणबहादुर थापाको उच्च सरकारी वकिलको कार्यालय, विराटनगरमा सरुवा गर्न सिफारिस गरिएको छ ।उच्च सरकारी वकिलको कार्यालय, जनकपुरका यदुनाथ शर्माको उच्च सरकारी वकिलको कार्यालय, पोखरामा सरुवा गर्न सिफारिस गरिएको छ ।

Advertisement 1

उच्च सरकारी वकिलको कार्यालय विराटनगरका सहन्यायाधिवक्ता कोषहरि निरौलाको उच्च सरकारी वकिलको कार्यालय, जनकपुर सरुवा गर्ने निर्णय भएको छ भने उच्च सरकारी वकिलको कार्यालय, आखलढुंगा दरबन्दी भइ काजमा महान्यायाधिवक्ताको कार्यालयमा रहेकाका हरिशंकर ज्ञवालीको दरबन्दी मिलान गर्न भनिएको छ ।
यस्तै आयोगले सरकारी वकिल समूहका ५१ जना रा प द्धीतिय श्रेणीका कर्मचारीहरुको सरुवा गर्दा कानुन समूहका (तृतीय श्रेणी)का १५ जना र सरकारी वकिलतर्फका ७३ जना सरुवा गरेको आयोगले जनाएको छ ।
यस्तै आयोगले न्याय समूहका १५ र कानुन समूहका ८ अधिकृतको पदस्थापन गरेको छ भने २८ जनाको पदस्थापन गरेको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/10/Sarkari-wakilko-saruwa.pdf” title=”Sarkari wakilko saruwa”]

प्रकाशित :२०८० आश्विन २३, मंगलवार १९:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम