खाना बनाउने विषयमा असईले प्रहरी जवान कुटे

प्रहरी इन्चार्जले आफ्ना एक प्रहरी जवानलाई कुटपिट गरेका छन् । जलेश्वर नगरपालिकास्थित सो अस्थायी प्रहरी पोष्टका इन्चार्ज असई मोतीराम महतोले सोही प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान जयनारायण पटेललाई खाना पकाउने विषयमा निर्घात कुटपिट गरेका हुन् ।
Advertisement 1
खाना पकाईरहेको बेला असई महतो एक्कासी आएर कुटपिट गरेको पीडित प्रहरी जवान पटेलले atfP । उनले के कति कारणले कुटेको भन्ने सोध्ने मौका नै नदिई लट्ठी र मुक्काले कुटपिट गरेको बताए। जलेश्वर नगरपालिकास्थित सो अस्थायी प्रहरी पोष्टमा हाल एक जना असई, २ हवल्दार र ५ जना प्रहरी जवानहरु कार्यरत रहेका छन्।
प्रकाशित :२०७८ फाल्गुन २३, सोमबार १४:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%