पन्ध्र लाख बराबरको स्याउ र गाडी सशस्त्र प्रहरीकाे नियन्त्रणमा

सशस्त्र प्रहरी झापाले पन्ध्र लाख रुपैयाँ बराबरको फुजी स्याउ र गाडी बरामद गरेको छ।
Advertisement 1
सशस्त्र प्रहरीको टोलीले कचनकवल गाउँपालिका लोदावारी चोकमा मे १ ज २८०४ नम्बरको पिक अप गाडीमा अन्दाजी मुल्य रु ३,९३,२५० बराबरको ११५ कार्टुन शंकास्पद फुजी स्याउ फेला परेकोले उक्त स्याउ र अन्दाजी मुल्य रु ५,००,००० बराबरको योद्धा पिकअप गाडी समेत बरामद गरी राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।
Advertisement 2
यसैगरी, सशस्त्र प्रहरी झापाकै टोलीले कचनकवल गाउँपालिका वडा नं. ४ स्थित लोदावारीमा गोदाममा स्टोर गरि राखेको चार सय ५६ कार्टुन स्याउ पनि बरामद गरेको छ। सो स्याउको मूल्य सात लाख ९२ हजार ९८४ रुपैयाँ पर्ने जानकारी दिइयो।
Advertisement 3
सशस्त्र प्रहरीले बरामद गरेको स्याउ र गाडी राजस्व अनुसन्धान कार्यालय इटहरीमा कारबाहीका लागि जिम्मा लगाएको शसस्त्र प्रहरी बलले जानकारी दिएको छ।